Trending Tags

राजनीति

    Showing ५१-६० of ३,२४८ items.
  • एमाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि छनौट

     मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एकालेको १० औ महाधिवेशनको लागी सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि छनौट भएको छ । ९ जना प्रतिनिधिका लागी संस्थापना र संस्थापन इतर समूहले आ–आफ्नो उम्मेदवारी दिएपछि  सहमतिमा प्रतिनिधि छनौट गर्न दुवै पक्षले पटक–पटक छलफल गरेका थिए ।छलफलमा सहमति जुट्न नसकेपछि जिल्ला कमिटीले  चयन गरेको प्रतिनिधि स्वीकार गर्ने  सहमति भएको थियो । उक्त सहमति अनुरूप जिल्ला कमिटीले क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट गरेको छ । महिलातर्फ विणा खनाल, रुफिना गुरुङ (राई) र

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौः अध्यक्ष नेपाल

    नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताएका हुन् । उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

    नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएको छ । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएको छ । क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुस

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ८८ पटक पढिएको
    • रासस
  • १४ औं महाधिवेशनः गुटभन्दा माथि उठ्ला त काङ्ग्रेस ?

    सुनसरी । नेपाली काङ्गे्रसको १४ औं महाधिवेशनबाट पार्टी हाँक्न सक्ने असल र कुशल नेतृत्व  छान्नुपर्नेमा सुनसरीका नेताहरूले जोड दिएका छन् । नेपाली काङ्गे्रस सुनसरी क्षेत्र नम्बर ४ ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले व्यक्तिभन्दा सङ्गठन बलियो बनाउनुपर्नेमा जोड दिँदै गुट उपगुटभन्दा माथि उठेर सबैलाई मिलाएर लानसक्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेकोे बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य र सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको सभापतित्वमा आयोजना गरिएको सुनसरी क्षेत्र नम्बर ४ प्रद

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमाले महाधिवेशनः मतदानकै दिन मतपरिणाम

     नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छाैँ, उनले भने, “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।”आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बजेट पुनरावलोकनको तयारीमा गठबन्धन सरकार

    विराटनगर । पाँच दलीय गठबन्धन मिलेर बनेको प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने तयारी सुरु गरेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट गठबन्धनको सरकारले मङ्सिर महिनाभित्रमा पुनरावलोकन गरी पुसदेखि कार्यान्वयनमा लैजाने तयारी अनुरूप गृहकार्य सुरु गरेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशको बजेट पुनरावलोकन गर्ने जानकारी गराए । अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र अनुत्पादक, बिचौलिया, कार्यकर्ता पोस्ने र चुनाव लक्षित खालका कार्यक्रम खारेजी गरेर प्रदेश सरकार अगाडि बढ्न

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ९० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • यस्तो हुनेछ एमाले महाधिवेशन मञ्चः २० ठाउँमा डिस्प्ले, ७२ कलाकारले एकै पटक प्रस्तुति

    नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षकमञ्च निर्माण गरिने जनाइएको छ ।  उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छाैं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुने छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौंथो खण्डमा पोडियम रहने उनले जानकारी दिए । उनका अनुसार ७२  कलाकारले एकै पटक प्रस्तुति द

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ११८ पटक पढिएको
    • रासस
  • कर्मचारीका माग पुरा नगरे चरणबद्ध आन्दोलन गर्ने काँग्रेसको चेतावनी

    मधुमल्ला । नेपाली काँग्रेस मिक्लाजुङ  गाउँ समितिले मिक्लाजुङ गाउँपालिकालाई तत्काल कर्मचारीका माग पुरा गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । कर्मचारीहरूका जायज मागहरूलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रने नेपाली काँग्रेस मिक्लाजुङले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ । मिक्लाजुङ गाउँपालिका क्षेत्रमा कार्यरत विभिन्न सेवाका कर्मचारीहरूलाई पुरा तलब नदिएको, अवकाश भएका कर्मचारीहरूलाई केहीलाई पुन नियुक्त दिएको र केहीलाई बेवास्ता गरेको साथै उमेर हदका कारण मङ्सिर १ गतेबाट स्वतः अवकाश हुने कर्मचारीहरूलाई खाली हात पठाउन नहुने नेपाली काँग्रेस मिक्लाजुङले बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वोच्चमा देखिएको समस्या क–दुई दिनभित्र समाधान हुन्छ, थप बोल्न आवश्यक छैन: प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने “ सर्वोच्चको समस्या एक–दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ । ” महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने  कार्यक्रम सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा समस्याको छिटाे भन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।उनले भने, “आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।”उनले अदालतमा देखिएको

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन् । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ । राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा९माओवादी केन्द्र०

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १४८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved