विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन् । प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सामाजिक विकास समितिमा पठाएको जानकारी दिए । कोशी प्रदेशसभा न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सदनमा पेस गरिन् ।