विजयपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी किरात राई संघको अध्यक्षमा सुवास चन्द्र राई चयन भएका छन् ।
सोमबार धरानमा सम्पन्न प्रथम महाधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा राजाबाबु किराँती र सारिका राई चयन भएका छन् भने महामन्त्रीमा खगेन्द्र राई चयन भएका छन् । त्यस्तै, सहमहामन्त्रीमा पंचकला राई र राजकुमार राई चयन भएका छन् । सदस्यहरूमा राज कुमार राई, चित्र राई, सुरेन्द्र राई, किरण जंग राई, रिवाज राई, कल्पना राई, ज्ञानकुमार राई, बिमला राई, विश्वनाथ राई, धन बहादुर राई, रमिला राई र अनुपमा राई चयन भएका छन् ।
प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै संघलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ । नयाँ कार्यसमितिले किरात राई समुदायको हकहितका साथै लोकतान्त्रिक मूल्य, मान्यता र नेपाली कांग्रेसको विचारधारालाई समुदायस्तरसम्म पुर्याउन भूमिका खेल्ने बताइएको छ ।