पूर्व

    Showing ११-२० of ९,२८८ items.
  • मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विवाद चुलिदै

    तेह्रथुम/ तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदायबीच विवाद बढ्न थालेको छ । यो डाँडा हाल पूर्व-उत्तरमा ताप्लेजुङ्ग जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर-पश्चिममा संखुवासभा जिल्लाको चैयनपुर नगरपालिका तथा दक्षिण-पश्चिममा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकामा पर्दछ । मेन्छ्यायेमको शिरमा किराँत धर्मावलम्वीले माङहिम (मन्दिर) निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बु समुदायले लिम्बु जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गर्न थालेका हुन् । मेन्छ्यायाम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ३१२ पटक पढिएको
    • कृष्ण विदुखी गौतम
  • पन्तको हत्यारालार्इ कारबाहीको माग

    बलत्कारपछि हत्या गरिएको निर्मला पन्तको हत्या गर्नेको पहिचान गरी कारबाहीको माग राख्दै विराटनगरमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोले आइतबार निकालेको र्याली । विराटनगरस्थित सनसारी माइस्थानबाट निकालेको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । 

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अपाङ्ग दिवसमा विविध कार्यक्रम हुँदै

    विराटनगर/अपाङ्गता भएका व्यक्तिहरूको २७ औं अन्तराष्ट्रिय दिवसको अवसरमा नेपाल अपाङ्ग महासङ्घ १ नम्बर प्रदेश कार्यालय विराटनगरले विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ । अपाङ्ग महासङ्घले विराटनगरमा सोमबार र्याली निकाल्ने कार्यक्रम अधिकृत बिमल बस्नेतले जानकारी दिए । विराटनगरस्थित जनआन्दोलन चौकदेखि शुरु हुने र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि बी प्लटमा गएर कोणसभामा परिणत हुनेछ । त्यस्तै बुधबार अपाङ्गता समावेशी विकास र अभिमुखीकरण, बिहीबार अपाङ्गता सवालमा बालबालिकाहरूको वक्तृत्वकला प्रतियोगिता, शुक्रबार समाजिक सुरक्षा कार्यविधिमा सुझाव सङ्कलन, शनिबार र आइतबार अपाङ्गता मानव अधिकार अनुगमन तालि

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ५४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल–भारत सीमावर्ती क्षेत्र चाररातेबाट देखिएको सूर्योदयको दृष्य

    पाँचथरको फालेलुङ–४, स्थित नेपाल–भारत सीमावर्ती क्षेत्र चाररातेबाट देखिएको सूर्योदयको दृष्य । 

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ३३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारीमा कविता कन्सर्ट

    बेलबारी/ पैसा तिरेर कविता सुन्ने परम्परा काठमाडौं उपत्यकामा मात्रै सीमित छ । तर, यो परम्परा काठमाडौंमा मात्रै अब सीमित रहेन । शनिबार बेलबारीमा पनि पैसा तिरेर कविता सुन्न उपस्थित भए । लेट्स ईन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कवितामार्फत् स्रोताको मन तान्न सफल भए । युट्युवमार्फत् सार्वजानिक भएका उनका कविता र नयाँ कविता वाचनले कार्यक्रममा सहभागीहरूलाई ताली बजाउन बाध्य बनायो । उनका कविता सुन्न मोरङ, झापा, सुनसरी र आसपासका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । सगरमाथाको गहिराइ नामक पुस्तकबाट चर्चा कमाएका उनले ‘ह्याप्पी बर्थ डे, मोक्ष, रुख लगायतका

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाल आश्रममा ‘लिटल च्याम्स’

    विराटनगर/अन्यबेला सुनसान रहने विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रम शनिबार भने साङ्गीतिक मनोरञ्जनमा भुलेको छ ।  आश्रममा आश्रितहरू कोही गीत, कोही नृत्यमा रमाए । दिनभर आश्रम सङ्गीतमय बन्यो । मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीले आश्रित बालबालिकाहरूको प्रतिभालाई बाहिर ल्याउन ‘लिटिल च्याम्स’ प्रतियोगिता आयोजना गरेपछि सङ्गीतमय बनेको हो । पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत, नृत्य तथा आफ्नो प्रतिभा प्रस्तुत गरे । जसमध्ये आश्रमका अभिषेक राईले लिटिल च्याम्सको उपाधि जिते । मञ्जिनाका निर्देशक जतिन ताम्राकारका अनुसार राईले ‘प्रेम गीत’ चलचित्रको ‘म य

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भब्य मनाए एड्स दिवस

    उदयपुर / विश्व एड्स दिवस उदयपुरमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । त्रियुगा नगरपालिकाको आयोजना ‘एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ’ भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो । एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए । उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जीवन विज्ञान कार्यशाला

    सुनसरी/ जीवन विज्ञान केन्द्र इटहरीले शनिबार मानिसको सफलता र आनन्दको लागि कार्यशाला सम्पन्न गरेको छ । जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले कार्यशालामा सहजीकरण गरेका थिए । मानिस भित्र लुकेर रहेका सम्भावनालाई चिन्ने र त्यसलाई विकसित बनाउनका लागि विभिन्न तरिकाहरुबारे बताइएको थियो । जीवनमा स्वस्थ्य रहन र संबृद्ध बन्नका लागि मानिस आफैले आफैलाई चिनेर आफ्ना सम्भावनाहरुमा काम गर्नुपर्ने महशुस भएको सहभागीहरुले बताए । कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, सुनसरीका यसपी राजन अधिकारी, जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा योग र ध्यान साध

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एड्स दिवसमा विविध कार्यक्रम

    विजयपुर/ विश्व एड्स दिवसको अवसमा धरानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार बिहान र्याली निकालेको थियो । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीसहित स्वास्थ्य शाखाका प्रमुख घनश्याम सिग्देलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । एचआइभी एड्संको न्यूनीकरणका लागि काम गर्ने सहारा नेपाल, नया क्षितिज पुनस्र्थापना केन्द, कियाचु पुनर्जीवन केन्द्र, नीलहीर समाज, दृष्टि नेपाल, एनएपी प्लस एन धरान, नेपाल परिवार नियोजन संघ, लियो क्लब अफ धरान धरान पोजेटिभ समूह, नेपाल रेडक्रस सोसाइटी, सुनसरी शाखा, रोटट्याक क्लब अफ घोपा, विश्वास महिला सम

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एड्स दिवसमा प्रभातफेरी

    इटहरी / विश्व एड्स दिवसको अवसरमा इटहरी उपमहानगरको आयोजनामा इटहरीमा पञ्चेबाजासहितको प्रभातफेरि निकालिएको छ । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुर्व्यवहार होइन माया ममता प्रदान गर्न आग्रह गरिन् । इटहरी अस्पतालमा निशुल्क एचआइभी परीक्षण गरिने भएकाले परीक्षणगरि आ-आफनो अवस्था पहिचान गर्न इटहरी उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अघिकृत रामचरण चौधरीले गरे । एचआइभी जाँच गरौ,आ-आफनो अवस्था पहिचान गरौं भन्ने नाराका साथ शनिबार विश्व एडस दिवस मनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको गतसालको तथ्यांक अनुसार सुनसरीमा १२ सय र इटहरीमा ८५ जना संक्रमित छन ।

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved