विजयपुर/ विश्व एड्स दिवसको अवसमा धरानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार बिहान र्याली निकालेको थियो । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीसहित स्वास्थ्य शाखाका प्रमुख घनश्याम सिग्देलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

एचआइभी एड्संको न्यूनीकरणका लागि काम गर्ने सहारा नेपाल, नया क्षितिज पुनस्र्थापना केन्द, कियाचु पुनर्जीवन केन्द्र, नीलहीर समाज, दृष्टि नेपाल, एनएपी प्लस एन धरान, नेपाल परिवार नियोजन संघ, लियो क्लब अफ धरान धरान पोजेटिभ समूह, नेपाल रेडक्रस सोसाइटी, सुनसरी शाखा, रोटट्याक क्लब अफ घोपा, विश्वास महिला समूह र संजीवनी पुनस्र्थापना केन्दका प्रतिनिहरुको उपस्थित रहेको थियो ।
‘सकारात्मक जीवन बाचाैँ, एचआइभीको आफ्नो स्वास्थ्य बारे थाहा पाऔ’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा धरानको भानुचौकमा निःशुल्क एचआइभी परीक्षण शिविरसमेत सञ्चालन गरिएको थियो ।

एचआइभी एड्स लागेका व्यक्तिहरु जो अस्पतालसम्म पुग्न सकेका छैनन् उनीहरुहरुका लागि लक्षित गरी शिविरको आयोजना गरिएको दृष्टि नेपालकी उपाध्यक्ष बन्दना थापाले बताइन् ।

दिवसकै अवसरमा बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले समेत र्यालीका आयोजना गरेका थिए । प्रत्येक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाउने गरिएको छ ।