सुनसरी/ जीवन विज्ञान केन्द्र इटहरीले शनिबार मानिसको सफलता र आनन्दको लागि कार्यशाला सम्पन्न गरेको छ ।

जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले कार्यशालामा सहजीकरण गरेका थिए । मानिस भित्र लुकेर रहेका सम्भावनालाई चिन्ने र त्यसलाई विकसित बनाउनका लागि विभिन्न तरिकाहरुबारे बताइएको थियो ।

जीवनमा स्वस्थ्य रहन र संबृद्ध बन्नका लागि मानिस आफैले आफैलाई चिनेर आफ्ना सम्भावनाहरुमा काम गर्नुपर्ने महशुस भएको सहभागीहरुले बताए । कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, सुनसरीका यसपी राजन अधिकारी, जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा योग र ध्यान साधनाका साथै विभिन्न आध्यात्मिक र जीवन व्यवस्थापनका कार्यक्रम गर्दै आएको जीवन विज्ञान इटहरी केन्द्रका लागि निमार्णधिन योग भवनका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई जीवन विकास विशेषज्ञ शर्माले फुलमाला लगाएर सम्मान गरेका थिए ।