उदयपुर / विश्व एड्स दिवस उदयपुरमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । त्रियुगा नगरपालिकाको आयोजना ‘एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ’ भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो ।

एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए ।

उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म मजाले बाच्न सक्ने यादवले बताए ।