इटहरी / विश्व एड्स दिवसको अवसरमा इटहरी उपमहानगरको आयोजनामा इटहरीमा पञ्चेबाजासहितको प्रभातफेरि निकालिएको छ ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुर्व्यवहार होइन माया ममता प्रदान गर्न आग्रह गरिन् । इटहरी अस्पतालमा निशुल्क एचआइभी परीक्षण गरिने भएकाले परीक्षणगरि आ-आफनो अवस्था पहिचान गर्न इटहरी उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अघिकृत रामचरण चौधरीले गरे ।

एचआइभी जाँच गरौ,आ-आफनो अवस्था पहिचान गरौं भन्ने नाराका साथ शनिबार विश्व एडस दिवस मनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको गतसालको तथ्यांक अनुसार सुनसरीमा १२ सय र इटहरीमा ८५ जना संक्रमित छन ।