विराटनगर/अपाङ्गता भएका व्यक्तिहरूको २७ औं अन्तराष्ट्रिय दिवसको अवसरमा नेपाल अपाङ्ग महासङ्घ १ नम्बर प्रदेश कार्यालय विराटनगरले विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

अपाङ्ग महासङ्घले विराटनगरमा सोमबार र्याली निकाल्ने कार्यक्रम अधिकृत बिमल बस्नेतले जानकारी दिए । विराटनगरस्थित जनआन्दोलन चौकदेखि शुरु हुने र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि बी प्लटमा गएर कोणसभामा परिणत हुनेछ ।

त्यस्तै बुधबार अपाङ्गता समावेशी विकास र अभिमुखीकरण, बिहीबार अपाङ्गता सवालमा बालबालिकाहरूको वक्तृत्वकला प्रतियोगिता, शुक्रबार समाजिक सुरक्षा कार्यविधिमा सुझाव सङ्कलन, शनिबार र आइतबार अपाङ्गता मानव अधिकार अनुगमन तालिम हुने नेपाल अपाङ्ग महासङ्घ १ नम्बर प्रदेशका अध्यक्ष पार्वती श्रेष्ठले बताइन् ।

महासङ्घले विराटनगरमा आइतबार सञ्चारकर्मीहरूसँग आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सङ्घको अध्यक्ष श्रेष्ठले राज्यले अपाङ्गता भएको व्यक्तिलाई हेर्न दृष्किोणमा फरक भएको बताइन् । सपाङ जस्तै गरी अपाङ्गता भएका व्यक्तिलाई पनि त्यही नजरमा हेर्दा समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रम अधिकृत बस्नेतले राज्यले मनाउनुपर्ने अपाङ्गता दिवस हामीले मनाउँदासमेत प्रदेश सरकारको उपस्थिति नहुने गरेको बताए ।