भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरताको कारणले खेलकुद ओझेलमा परेको बताएका छन् । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरमा भएको प्रथम मुख्यमन्त्री कराँते प्रतियोगिताको विहीबार उद्घाटन गर्दै राईले अब सङ्घीय प्रणालीअनुरूप खेलकुदको विकास हुने दाबी गरेका छन् । खेलकुदमा सङ्र्घष र बलिदान गर्दा देशको नाम संसारभर उच्च राख्न सकिएको उनको भनाइ छ । ‘स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको प्रदेश स्तरीय प्रतियोगितामा कराँतेको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य बसन्त बनियाँ, झलकसिंह दर्लामी, भद्रपुर नगर
विराटनगर/अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष यहाँ आज आत्मसमर्पण गरेका छन् । नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् । उनीहरूले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई बुझाए । अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने भनिएको छ । गएको भदौ ८ गते सरकारले गठन गरेको वार्ता टोलीको संयोजक पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी र गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने
बीबीसी । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवार संसद्मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गर्नुपर्ने भएको छ । डाउनिङ स्ट्रीटमा दिएको एउटा वक्तव्यमा मेले भनिन, ‘म त्यो मतदानको पूर्ण क्षमताका साथ सामना गर्नेछु ।’ नया प्रधानमन्त्रीले ब्रिटेनलाई आगामी मार्च २९ मा युरोपेली संघ (इयू) बाट अलग्याउने आर्टिकल फिफ्टी भनिएको ५० नम्बरको बुदालाई खारेज गर्नुपर्ने अथवा त्यसको समयसीमा बढाउनुपर्ने मेको भनाइ छ । कन्जरभेटिभ पार्टीका सांसदहरूले ब्रिटेनको स्थानीय समयअनुसार साझ ६ बजेदेखि ८ बजेको बीचमा मतदान गर्नेछन् । अनिश्चितता प्रधानमन्त्री मेले कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तनले &lsquo
जनकपुर । रामजानकी विवाह महोत्सवमा जन्ती बनेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आइपुगेका छन् । उनलाई प्रदेश २ सरकारले भव्य स्वागत गरेको छ । भारतको अयोध्याबाट जन्तीका रूपमा योगी आइपुगेका हुन् । उनको भव्य स्वागत गरिएको छ । कार्यक्रम स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गरेका थिए । प्रदेश २ का डीआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमानस्थलबाट उनी जानकी मन्दिरमा पूजा गर्नेछन् । त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भएपछि विवाह महोत्सवमा सहभागी भएका थिए । बाह्रबिघा मैदानमा आय
धरान । एक बन्दुकधारीले अन्धाधुन्द चलाएको गोलीका कारण फ्रान्समा तीन मानिसको मृत्यु भएको छ भने १२ जना घाइते बनेका छन् । फ्रान्सको शहर स्टार्सबर्गको क्रिसमस बजार नजिकै गोलीबारी हुदा सो संख्यामा हत्या भएको फ्रान्सका आन्तरिक मामिला मन्त्री क्रिस्टोफे कास्टेनरले पुष्टि गरेका छन् । मंगलबार राति स्थानीय समय करिब ८ बजेको समयमा बन्दुकधारीले अचानक गोली चलाएका थिए । साझको समयमा अत्यधिक भीडभाड हुने उक्त स्थानमा गोल बर्साएका थिए । उक्त स्थानमा सुरक्षा फौज देखेपछि ती अज्ञात व्यक्ति फरार भएका थिए । उक्त घटनापछि प्रहरीले सीमा सुरक्षा चेकजाचमा कडाइ गरेको छ । घटना घटाउनुपर्ने कारणबारे हालसम्म खुलेको छैन । प्रह
मधुमल्ला/नया पत्रकार उत्पादन गर्ने उद्देश्य मोरङको उर्लाबारीमा भएको ७ दिने आधारभूत पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग एवम् सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ गतेबाट शुरु भएको तालिममा ३० पत्रकारहरू सहभागी थिए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यता एवम् क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । मेयर फागोले पत्रकारिता क्षेत्र मर्मादित बनाउनुपर्ने बताए । कार्यक्रममा उर्लाबारी नगरपालिका–७ का वडाध्यक्ष बीरबल थापा, सञ्चार कलब नेपालका पूर्वअध्यक्ष रुपेन्द्र शेर्मा, प्रशिक्षक लिलाराज खतिवडालगायतले बोल
विजयपुर/लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको धरान उपमहानगरपालिकामा सोमबारबाट विनोद पोख्रेलले कार्यभार सम्हालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरे कार्तिक १२ गते सरुवा भएर वैदेशिक रोजगार विभागमा सरुवा भई गएपछि धरानमा प्रमुख प्रशासकिय अधिकृतको पद खालि रहेको थियो । उपमहानगरपालिकामा सह सचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने भएपनि मन्त्रालयले उप-सचिव विनोद पोखरेललाई निमित्त प्रशासकिय अधिकृत बनाएर पठाएको छ । पोखरेल संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । सोमबारबाट उपमहानगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले
सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रमा भएको प्रहरी कारवाहीमा आईतवार राती १ जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोलमा राती ०९:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको संयुक्त गस्ती टोली र अपरिचित व्यक्तिहरु बीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर अज्ञात व्यक्तिको मृत्यु भएको हो । रातको समयमा ४-५ जनाको समुह भारतबाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा सो समूहबाट प्रहरी माथि गोलि प्रहार गरेको र आत्मरक्षाको लागि जवाफी फायर गर्ने क्रममा अन्दाजी बर्ष ३५ को पुरुष व्यक्तिलाई गोली लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी क
धरान । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका इलामका एक युवा बेपत्ता बनेको केही समयपछि मृत अवस्थामा शव फेला परेको छ । इलाम सन्दकपुर गाउँपालिकाका नन्दकुमार शिवाकोटीको शव फेला परेको हो । उनी तीन वर्षअघि मलेसिया गएका थिए । उनको गत मंसिर १६ गते मृत्यु भएको अवस्थामा शव फेला परेको आफूहरूलाई जानकारी आएको परिवारजनले बताएको छ । शिवाकोटीमो मृत्युको कारणबारे हालसम्म खुलेको छैन । छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको शव आइतबार थाई एयरमार्फत् नेपाल ल्याउने तायरी भइरहेको छ । शिवाकोटीको श्रीमतीसहित ६ जना छोरी रहेका छन् ।
भाइबहिनीको हो, आज हामीले प्रा.डा. गोपाल भण्डारीको सानो छदाको विषयमा लेखेका छौं । उनले भवानी भिक्षुका कथामा मनोविज्ञान भन्ने विषयमा विद्यावारिधि गरेका हुन् । २०५२ सालमा विद्यावारिधि पूरा गरेका उनले २०३५ सालदेखि शिक्षण पेशामा आवद्ध भए । हालै महेन्द्र बहुमुखी क्याम्पस धरानबाट सेवा अवकास भएका उनको घर धरान–१३ को जिरोपोइन्टमा पर्छ । सानैदेखि काकाहरूले चण्डी पाठ गरेको सुनेपछि त्यस्तै चण्डी पाठ गर्ने भूत सवार भयो धनकुटा ताङ्खुवा गाविसका गोपाल भण्डारीलाई । काकाझैं भाका हालेर चण्डी र रुद्री पढ्ने भोककै कारण उनको पढाइको प्रारम्भ भयो । गाउँमा स्कुल थिएन । त्यो बेला स्कुल एकादेशको कथाझैं थियो । पा
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved