विजयपुर । त्रिभुवन विश्व विद्यालयको मातहतमा रहेको पूर्वाञ्चलका एक मात्र इन्जिनियर कलेजका विद्यार्थीहरुले नया नया कुराको आविस्कार गर्दै वैज्ञानिक युगमा असम्भव केही हुदैन भन्ने कुरा देखाएका छन् ।

शनिबार यस क्याम्पसमा  आर्केटेचर, सभिल इन्जिनियरिङ्ग , इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिटी, कम्प्युटर, मेकानिकल र एग्रकल्चर विषयमा अध्ययनरत विद्यार्थीले आ–आफ्नो विषयमा खोज अनुसन्धान गरी नयाँ प्रविधिको प्रर्दशन गर्ने गरेका छन् ।

विगत केही बर्ष अगाडिदेखि थालनी गरेका यहाका विद्यार्थीहरुले यस पटक भने एग्रीकल्चरका विद्यार्थीहरुले सोलार डष्ट, जिन्जर क्लिनर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिटी संकायका विद्यार्थीहरुले इलेक्ट्रोनिक्स भोटिङ मेसिन, इलोक्ट्रिकलका विद्यार्थीहरुले होम एण्ड मेसिन स्वीच, एक्सपोर्ट स्विचिङ्ग र आर्टिकेचरका विद्यार्थीहरुले विभिन्न प्रकारका घरका साथै त्यसको सजावटको निर्माण गरी प्रदर्शन गरेका थिए ।

नेपाल विद्यार्थी संघ इन्जिनियरिङ्ग कलेजको भातृ संगठन टेक्निकल लाइन फोर्सको आयोजनामा गरिएको प्रदर्शनीमा कलेजमा अध्ययनरत आठ वटा फेकल्टीले बनाएका प्राजेक्ट प्रदर्शन गरेको हो ।

विद्यार्थीको वृत्ति विकास र उनीहरुको क्षमतालाई अभिवृद्धि गर्न प्रत्येक बर्ष विद्यार्थीहरुको सोचमा निर्माण भएको नया आविस्कार प्रदर्शन गर्ने गरिएको नेपाल विद्यार्थी संघ पूर्वाञ्चल इन्जिनियर क्यामम्स अन्तर्गत रहेको फोर्सका सचिव बद्री कार्कीले बताए।

बर्षेनी हुने यस्ता कार्यक्रमले आफूहरुको क्षमतालाई अभिवृद्धि गर्न सहयोग पुगेको इलेक्ट्रोनिक्स दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी सविन बस्नेतले बताए। उनले यसपटक एक्र्सपोर्ट स्विचिङ्ग प्रदर्शन गरेको बताए । अहिले नेपालमा सडक बत्तीको दुरुपयोग बढेको बताउदै आफूले प्रदर्शन गरेको यो प्रविधिले अनावश्यक यस्ता बत्तीको नियन्त्रण गर्ने बताए। उनले एक्सपोर्ट स्वीचिङ्ग अन्तर्गत सडकमा गाडी दौडिदा बत्ती बल्ने र सवारी साधन कटिसकेपछि आफै बत्ति निभ्नेदेखि लिएर ट्यांकीमा मोटरमार्फत पानी तान्दा भरिएपछि आफै बन्द हुने नया प्रविधि बनाएको बताए ।

विदेशमा यस्ता खालका प्रविधिको विकास भइसकेका बताउदै नेपालमा भने या नौलो भएको उनको भनाई छ । यस्ता प्रवृधिको विकास गरेर अगाडि बढ्न सके नेपालले समेत प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्ने विद्यार्थीहरुको भनाई छ ।