अपराध

    Showing ७१-८० of २,२८४ items.
  • सुनसरीमा फेरि चल्यो गोली, एक स्थानीय र एक सशस्त्र प्रहरी घाइते

    भण्टाबारी ।  सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा सुरक्षाकर्मीको गोलि लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा समान ल्याउने विषयमा विवाद हुँदा गोलि चलेको हो । सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएको सशस्त्र प्रहरीको भनाइ छ । स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा स्थानीय ६/७ जना युवाहरुको समूहले हतियार खोस्न खोजेपछि सोही क्रममा गोलि चलेको सीमा सुरक्षा बल सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठले जानकारी दिएका छन् । गोली लागेर स्थ

    • प्रकाशित मितिः श्रावण ३, २०७७
    • १,२३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • समस्या बन्दै साना हतियार

     मिकाइल आलम सुनसरीघटना १ः२०७७ साल साउन १ गते अर्थात् बिहीबार राति पौने ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर सरोज खनाल नेतृत्वको प्रहरीको गस्ती टोली र आपराधिक समूहबीच गोली हानाहान भयो ।सुनसरी जिल्ला देवानगञ्ज–३ पानीट्याङ्की नजिक भारतीय मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा देवानगञ्ज–२ का २३ वर्षीय पिन्टु यादव, सोही स्थानका ३२ वर्षीय राजेश यादव र अन्य ३–४ जनाको समूहले प्रहरीमाथि फायर खोली भाग्ने क्रममा प्रहरीले जवाफी फायर खोल्दा पिन्टु र राजेशको खुट्टामा गोली लागेर घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । दुईजना पक्राउ गर्न सफल भए पनि अ

    • प्रकाशित मितिः श्रावण ३, २०७७
    • ३२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नाबालिका छोरीलाई करणी गर्ने बावु पक्राउ

    भद्रपुर । नावालिका छोरीलाइ एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना विवरण अनुसार आरोपितले पटक – पटक नबालिका छोरीलाइ करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । खबरपश्चात इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितला

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • २११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा औषधिलाई लागुऔषध बनाएर बेच्ने सुवास पक्राउ

    ब्लाष्टखबर ।  चिकित्सकाे सल्लाह बिना औषध अवैध काराेबार गर्ने धरान ५ देउरालीका २७ वर्षिय सुवास राई पक्राउ परेका छन् । राईलाई बुधबार साझ इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।  विषेश सुचनाका आधारमा खटिएकाे उक्त टाेलीले करिव ६ बजे उनकाे घरकाे कोठामा खानतलासी गर्दा टिनको बाकसमा रहेको हाते झोलामा ट्रामाडोल हाइड्रोक्लोराईड लेखिएको ३ सय  ८३ चक्की र स्पाज्मिड  लेखिएको ३ सय २२ चक्की औषध अवैध रूपमा राखेकाे अवसथामा फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि आजै औषधीसहित बिराटनगर स्थित औषधी विभाग पठाइएको इल

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • ८१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केराबारी गाँउपालिका प्रमुख नोवलअस्पतालमा उपचार हुदैं, खुकुरी प्रहार गर्ने ठेकेदार पक्राउ

    विवेक मिश्र बेलबारी / मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको हाल नोवेल मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ । उनको आइसियुमाराखेर उपचार भइरहे पनि चिकित्सकको अनुसार अध्यक्ष कार्की खतरा मुक्त रहेको बताइएको छ । अध्यक्ष कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको थियो । विहान कार्यालय प्रवेश गर्ने बितिकै प्रमुख कार्कीमाथि केराबारी १० का भवन ठकुरीले खुकुरी प्रहार गरेका थिए । उपप्रमुखको कार्यकक्षमा प्रवेश गरेर आफ्नो कार्यकक्ष तर्फ जाँदैगर्दा ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीको टाउकोमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रमुख कार्कीको टाउकोमा दुई ठाउँमा चोट लाग

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • ५८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केराबारी गाउँपालिकाका अध्यक्ष माथि खुकुरी प्रहार

     ब्लाष्टखबर ।  केराबारी गाउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथी हतियार प्रहार भएकाे छ । उपाध्यक्ष शान्ता कुमारी लिम्बु भुजेलकाे कार्यकक्ष अध्यक्ष र उपाध्यक्ष बसेर अन्तरीक छलफल गरिरहेकाे बेला स्थानिय भवन ठकुरी उक्त स्थानमा प्रवेश गरी खुकुरी प्रहार गरेकाे उपाध्यक्ष भुजेले बताएकी छिन्  । उनले भनिन् ' खाेलामा नदिजन्य बस्तुकाे चाेरी भइरहकाेले हिजाे अध्यक्ष जि बिदामा हुनु भएकाले हामी त्यहि विषयमा कुरा गरी रहका थियाैं भाइ केठा भित्र पस्नुभाे र एक छिन् बस्नुभाे कुनै कुरै नगरी एकाएक अध्यक्ष माथि प्रहार गर्न थाल्नु भाे । ' उपप्रमुख भुजेलले कुनै पनि बिवाद बिनै एकाएक प्रहार ग

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • १,८५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झुम्काका सुन ब्यापारीले गरे आत्महत्या

    भरौल / लामो समयदेखि सुनसरीको रामधुनी नगरपालिका झुम्कामा ज्वेलर्स सञ्चालन गर्दै आएका एक ब्यापारीले आज विहान आत्महत्या गरेका छन । रामधुनी झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका दिपेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन । झुम्कामा उनले संचालन गरेको सुन पसल अत्याधिक चल्ने गरेको स्थानीय बताउछन् । श्रेष्ठ के कारणले झुण्डिए भन्ने विषयमा आफुहरु अन्योलमा रहेको झुम्का उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डिल्ली कार्कीले बताए । घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • १६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखविरुद्ध सर्वोच्चमा मुद्दा दायर

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पु¥याएर नगरसभा सम्पन्न गरेको भन्दै करिब दर्जन वडाध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नगरप्रमुख लालकिशोर साहले प्रचलित कानूनको बेवास्ता गर्दै कानून विपरीत नगरसभा सम्पन्न गरेको आरोपमा वडाध्यक्षहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उपमहानगरपालिकाको हिसाबकिताब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत नगरप्रमुख साहले कानून विपरित मनोमानी ढंगले बहुमत नै नपु¥याई नगरसभा सम्पन्न गरेकाले उनी विरुद्ध अदालतमा नगरसभा रद्दको माग गर्दै उत्प्रेषणको मुद

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा हतियारधारी र प्रहरी बिच भिडन्त, २ हतियारधारी घाइते

    ब्लाष्टखबर । देवानगञ्जमा प्रहरी र हतियार धारी विच बिहिबार राति गाेलि हानाहन हुदाँ दुइ हतियार धारी घाइते भएका छन् । देवानगञ्ज गाउँपालिका ६ नम्बर वडा स्थित पानीटंकीमा बिहिबार राति करिव ९ बजे चेक जाँचकाे क्रममा भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा आएका पाँचजनाले गोली प्रहरी माथि गाेलि चलाए पछि भएकाे जवाफी कारवाहिमा दुइ जना हतियार धारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनाेद शर्माले जनाएका छन् ।  उनका अनुसार देवानगञ्ज गाउँपालिका २ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका हुन् । घइते दुवैकाे विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • ३०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान

    इनरुवा/ सुनसरीमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । बिहीबार राति पौने ९ बजेको समयमा जिल्लाको देवानगञ्ज गाउँपालीका वार्ड नम्बर ३ स्थित देवानगञ्जमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान हुँदा दुईजना घाइते भएका छन् । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको देवानगञ्ज गाउँपालीका वार्ड नम्बर ३ मा रातीको समयमा शंकास्पद देखिएपछि ४-५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो । हतियार खोसाखोस

    • प्रकाशित मितिः श्रावण २, २०७७
    • १,०१३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved