अपराध

    Showing ६१-७० of २,०४४ items.
  • गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

    झापा । झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन । हिजो राती १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुल्न आएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहर

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पत्नीकाे अवैध सम्बन्धका कारण औषधि व्यवसायीको हत्या

    धरान । इटहरीका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निश्कर्ष निकालेको छ । इटहरी–१२ खनार निवासी उनी विराटनगरमा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनको आइतबार बिहान कोशी अञ्चल अस्पतालमा उपचारको लागि लगिएकोमा मृत्यु भएपछि चिकित्सकहरूले अस्वभाविक कारणबाट मृत्यु भएको शंका गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा दुई जना औषधि व्यवसायीसहित पत्नी मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको थियो । तर, औषधि व्यवसायीद्वयलाई सोधपुछ पछि साँझ छाडेको थियो । पत्नी मीनालाई भने नियन्त्रणमा लिएको थियो ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • ९६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अचेत अवस्थामा भेटिएका पुरी अस्पतालमा मृत्यु

    पथरी । मोरङको कानेपोखरी–४ स्थित पिङ्गडाँडा पूर्व डाँसखोला किनारमा अचेत अवस्थामा भेटिएका एक युवाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । कानेपोखरी–७, शान्तिटोलका ३५ वर्षीय कुमार पुरीको उर्लाबारीको मंगलबारे अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । उनलाई खोलाको छेउमा मुखबाट फिँज काँढिरहेको अवस्थामा स्थानीयले भेटेका थिए । स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरेका थिए । उनको साथमा कोदालो, चप्पल र डोरी पनि रहेको प्रहरी चौकी रमाइलोका असइ सुमन श्रेष्ठले बताए । गाउँपालिकाका स्वास्थ्य टोली र उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष धनबहादुर राई घटनास्थलमा तत्काल पुगी पुरीलाई

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • ३८४ पटक पढिएको
    • दिनेश सुब्बा
  • दर्ता नगरी औषधी पसल चलाउने तीन पसलेलाई सचेत गराइयो

    भद्रपुर / वजार अनुगमन टोलीले भद्रपुरका तीनवटा औषधी पसलबाट विभागमा दर्ता नभएका औषधी बिक्री गरिरहेको फेला पारेको छ । लकडाउनको बेलामा औषधी पसलले मास्क, पञ्जा तथा सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको जन गुनासोपछि चन्द्रगढी तथा भद्रपुरका औषधी पसलको आइतबार गरिएको अनुगमनको क्रममा यस्तो फेला पारेको हो । चन्द्रगढी तथा भद्रपुरका १२ वटा औषधि पसलको अनुगमनमा दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र सङ्गम औषधालयबाट विभागमा दर्ता नभएका औषधि र खाद्य पूरक औषधी फेला पारी बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा औषधी व्यवस्था विभाग बिराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरप

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ९८ पटक पढिएको
    • उतम नेपाल
  • स्वास्थकर्मीलाई खानतलासी गर्ने पक्राउ

    ब्लाष्टखबर । नागढुंगामामा स्वास्थकर्मीलाई खानतलासी गर्ने एक युवालाइ प्रहरीले पक्राउ गरेकाे छ । वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई खानतलासी लिई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की  पक्राउ परेका हुन् । उनलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरी परिसरले बताएका छन् । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासीलिएकाे भिडियाे सामाजिक संञ्जालमा चौतर्फी विरोध भएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा औषधिको डिलर सञ्चालन गर्ने देवीप्रसादकाे शंकास्पद मृत्यु

    ब्लाष्टखबर । विराटनगरमा औषधिको डिलर सञ्चालक इटहरीका एक व्यावसायीकाे शंकास्पद मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० मधुमाराकाे देवी माँ पाथीभरा फर्माका संञ्चालक इटहरी उपमहानगरपालिका-१२ खनार ३३ वर्षीय देवीप्रसाद दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारकालागी कोसी अञ्चल अस्पताल पुर्याइएकाेमा अस्पतालले मृत घोषित गरेको छ ।  मृतक दुलालकाे  नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइ हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • १,७०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घरमै बोलाएर बालिका बलात्कार गर्ने पक्राउ

    कपिलवस्तु । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले  जनाएका छिन्  । 

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • २२२ पटक पढिएको
    • रासस
  • दलित बालिकामाथि यौनशोषण गर्ने शिक्षकसहित चार पक्राउ

    धरान । धनकुटाकी १३ वर्षीया दलित बालिकामाथि यौन शोषण गरेको आरोपमा शिक्षकसहित चार जना पक्राउ परेका छन् । बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर छन् । शिक्षक मदनलाई शनिबार पक्राउ गरिएको थियो भने अन्यलाई शुक्रबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । शिक्षकचाहिँ फरार रहेका थिए । शनिबार अपरान्ह करिब ३ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । एसपी सुदर्शन कोइरालाका अनुसार चारजना विरुद्

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ६६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घरेलु हतियारसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकमाथि हवाइ फायर

    भद्रपुर । नेपाल प्रवेश गर्न खोजेका करिब डेढ सय जना भारतीयलाई रोक्न सशस्त्र प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ । शनिबार राति झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाइ फायर गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले जानकारी दिए । नेपाल–भारत सिमानाको पिलर नम्बर १२५/१० मा घरेलु हतियार सहित भाला, लाठी लिएर पोष्टमा आक्रमण गर्न खोजेपछि हवाइ फायर गरिएको उनले जनाए । घटनामा भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेको उनको भनाइ छ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी प

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वडाध्यक्षमाथि खुकुरी प्रहार गर्ने मुटुका बिरामी

    संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने २८ वर्षीय सुरेन्द्र तामाङलाई जिल्ला अस्पताल खाँदबारीले रिफर गरेको छ । मुटुसम्बन्धी बिरामी भएकाले अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि उनलाई रेफर गरिएको हो । निरौलामाथि खकुरी प्रहार गरेको आरोपमा उनी शुक्रबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार आरोपित तामाङलाई जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रहरीको निगरानीमा रेफर गरिएको हो । पक्राउ परेसँगै बिरामी भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारको लागि धरानस्थित बीपी कोइ

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ३५३ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved