विजयपुर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङबाट ४ जना, झापाबाट ३ जना, सुनसरीबाट १ जना र ताप्लेजुङबाट ४ जना गरी १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई अदालतले तोकेको ३ वर्ष ११ महिना २५ दिन कैद सजाय र ४५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी तोकिएको कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ ।