विजयपुर । सुनसरी प्रहरीले ५ सय ६४ किलो गाँजासहित एउटा सुमो गाडी बरामद गरेको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा चालक फरार भएपछि सुमोभित्र ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा २ च १७३८ नम्बरको सुमोलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा चालकले गाडी छाडेर फरार गरेका थिए । त्यसपछि सुमो गाडीको खानतलासी गर्दा ५६४ किलो गाँजा फेला परेको हो । बरामद लागुऔषधसहित सुमो गाडीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको प्रहरीले जनाएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।