अपराध

    Showing ३१-४० of २,१९७ items.
  • भारतीय रुपैयाँसहित दुईजना पक्राउ 

      भण्टाबारी । श्रोत नखुलेको करिब तीनलाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । सीमा सिल भएको अवस्थामा लुकिछिपी चोरबाटो हुँदै भारततर्फ जादै गरेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।   पक्राउ परेका भारतीयहरुले लकडाउनको समयमा मजदुरी गरेबापत नेपालमा कमाएको रुपैयाँसहित आफूहरू घरतर्फ जादै गरेको बताए पनि श्रोत नखुलेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले जानकारी दिए । चोरबाटो हुँदै सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको चारकुनै नाकाबाट सोमबार साझ २ लाख ७६ हजार भारतीय  रुपैयाँसहित भारत अ

    • प्रकाशित मितिः असार २२, २०७७
    • १६९ पटक पढिएको
    • मिकाइल आलम
  •  बन्चरो प्रहार गरी छिमेकीकाे हत्या गर्ने खड्का पक्राउ

    ब्लाष्टखबर । बन्चरो प्रहार गरी छिमेकीकाे हत्यमा गर्ने कञ्‍चनपुरको पुनर्वासका गौरवबहादुर खड्का पक्राउ परेका छन् । छिमेकी ४७ वर्षीय गोपाल कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या फरार भएका गोरे भन्‍ने गौरवबहादुर खड्का पक्राउ परेका हुन् ।  उनलाई  पुनर्वास नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७७
    • १६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फेरि मौलायो इटहरीमा यौन धन्दा

    धनबहादुर पुरी इटहरी / इटहरी–९ को रिभरसाइड रिसोर्टकी सञ्चालिका यौन धन्दा गराएको आरोपमा शनिबार पक्राउ परेकी छन् । हीरामाया भनिने इन्दिरा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी मानव बेचविखन सम्बन्धी मुद्दा दायर गरेको छ । यौन धन्दा गराएको आरोपमा प्रहरीले उनीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । सञ्चालिका श्रेष्ठले युवतीहरूलाई यौन धन्दामा संलग्न गराएको प्रहरीको निष्कर्ष छ । ग्राहकहरूसँग मोटो रकम लिई युवतीलाई यौन धन्दामा संलग्न गराएको भन्दै मानव बेचविखनमा मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । केही महिनाअगाडि मात्रै इटहरी–६ को हिमगङ्गा होटल एण्ड

    • प्रकाशित मितिः असार २२, २०७७
    • ३०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

    उदयपुर / उदयपुरमा जब्वरजस्ती करणी मुद्दामा फरार रहेको एक जना पक्रउ परेको छ । रौतामाई गाउँपालिका–६ निबासी अर्जुन बस्नेत पक्राउ परेका हुन । २०७६ साउन ९ गते एक महिलालाई जब्वरजस्ती करणी गरी फरार रहेको बस्नेतलाई शनिबार लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेलका नगरपालिका–३ रातापानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई आइतबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७७
    • १०३ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • विदेशीलाई नागरिकता बनाइदिने प्रशासकीय अधिकृत पक्राउ

    भद्रपुर / विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ । झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको हो । झुठ्ठा विवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते वारेन्ट जारी गरेको थियो । आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिबार पक्राउ गरेका हुन् । आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आइतबार जिल्ला अ

    • प्रकाशित मितिः असार २२, २०७७
    • १९३ पटक पढिएको
    • उतम नेपाल
  • यौन धन्दा चलाएको आरोपमा इटहरीबाट एक होटल संचालिका पक्राउ

    धनबहादुर पुरी इटहरी । इटहरी ९ मा रहेको रिभर साइड रिसोर्टकी सञ्चालिका यौनधन्दा गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इटहरीकी हिरामाया भन्ने इटहरी ९ की इन्दिरा श्रेष्ठसहित ७ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले शनिवार पक्राउ गरि मानव बेचविखानको मुद्धा दायर गरेको छ । श्रेष्ठले युवतीलाई यौनधन्दामा प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । ग्राहकहरु सँग मोटो रकम लिई युवतीलाई थोरै दिएर यौनधन्दा गर्दै आएको भन्दै उनलाई पक्राउ गरि मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । अन्य ६ जनालाई भने प्रहरीले हिजै छाडेको छ । यस अघि इटहरी ६ मै रहेको हिमगंगा होटल एण्ड ल

    • प्रकाशित मितिः असार २१, २०७७
    • ६८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारत लादैं गरेको १८ केजी गाँजासहित एक पक्राउ

    धरान  / सुनसरीको देवानगन्ज गाउपालिका–३ पाचौंसिमर नजिकबाट प्रहरीले गत असार १९ गते  १८ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा देवानगन्ज गाउँपालिका–३ का ४३ बर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो । उनी भारततर्फ लैजादै गरेको को २ ह ६५३७ नम्वरको अटो रोकी चेकजाँच गर्दा उक्त अटो भित्र प्लाष्टिकले वेरी युरिया मल राख्ने प्लाष्टिकको बोरा भित्र तयारी अवैध लागु औषध १८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए । पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन २०३३

    • प्रकाशित मितिः असार २१, २०७७
    • २११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इथियोपियामा जनजाती गायककाे मृत्यु विवादमा हिंसात्मक झडप, १६६ जनाको मृत्यु

    ब्लाष्टखबर । इथियोपियामा जनजातीहरूको अधिकारका लागि गीत गाउने गायकाे मृत्युकाे विषयमा भएको विवाद हिंसात्मक भडपमा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । त्यँहाकाे लोकप्रिय गायक हाचालु हुन्देसाकाे अज्ञात व्यक्तिले गत सोमबार गोली हानी हत्या गरेपछि भएकाे अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए ।  विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको पछि अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११

    • प्रकाशित मितिः असार २१, २०७७
    • २०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अंधेरी खोलामा पुल निर्माण गर्ने ठेकेदार मिँयाको यस्तो फटाइँ

    धरान /  निर्माण कम्पनी मृत संजीवनी एचके विल्डर्स जेभिका ठेकेदार हसबुल मियाले दिएको चेक बाउन्स भएको छ । धरान उपमहानगरको वडा ५ र ६ को वीचमा पर्ने अंधेरी खोलाको पुल निर्माणमा सम्लग्न कामदारलाई राष्ट्रिय बाणिज्य बैंकको चेकमार्फत पारिश्रमिकको रकम दिएपनि चेक साट्न जादा बाउन्स भएको हो । भौतिक योजना मन्त्रालयको ७ करोढ ५० लाख रुपैयामा लागतमा चार बर्षअघिदेखि पुल निर्माण सुरु भएपनि हाल चार पिल्लरमात्र बनाएका ठेकेदार मियाले दिएको चेक बाउन्स भएपछि वित्तीय ठगीको मुद्धा आकर्षित हुने भएको छ । निर्माणाधीन अंधेरी खोलाको पुल नजिकै घर भएका स्थानीय प्रेमकुमार राइले भने, ‘हसबुल मियाले पुल बनाउन थालेपछि

    • प्रकाशित मितिः असार २१, २०७७
    • २७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काठमाडौंको खोकनामा स्थानीय र प्रहरीबीच झडप, ४ जना प्रहरी घाइते

    धरान । काठमाडौंको खोकनामा स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जना प्रहरी घाइते बनेका छन् । खोकनाको सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप हुँदा प्रहरी घाइते बनेका हुन् । प्रहरीले घटनाको अवस्थालाई नियन्त्रण लिनका लागि ७ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडप पछि स्थानीयले रोपाइँलाई निरन्तरता दिएका छन् । अहिले उक्त क्षेत्रमा व्यापक रूपमा प्रहरी तैनाथ रहेका छन् । सुडोल फाँट काठमाडौं तराई जोड्ने द्रुतमार्गमा पर्छ । उक्त क्षेत्रमा पर्ने जग्गा सरकारले अधिग्रहण गरेर सडक निर्माण गरिरहेको छ तर स्थानीयबासीले मुआब्जा नलिएकाले खेतमा रोपाइँ गर्नका लागि पुगेका थिए । स्थानीयले

    • प्रकाशित मितिः असार २०, २०७७
    • १४६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved