धरान  / नेपाली काङग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मंसिर १४ गते सम्पन हुने निर्वाचनमा नेकपाले सरकारको दुरुपयोग गर्ने सक्ने बताएका छन । धरानमा सोमबार अगुवा कार्यकर्ताहरुसंगको छलफलमा बोल्दै पूर्व अर्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा भएकाले चुनाबको परिणाम आफ्नो पक्षमा ल्याउन निर्वाचन आचारसंहिताको बिरुद्ध पनि कार्य गर्न सक्ने भन्दै कार्यकर्ताहरुलाई सजक रहन आहग्र गरे ।
निर्वाचन नजिकिदै जाँदा धरानमा काङ्ग्रेसको माहोल र जनलहर बढेको आचार्यले बताए । उनले भने–‘धरानको माहोल देखेर नेकपा आत्तिएको छ । उनीहरु हार्छु भनेर आत्तिसकेकोले पैसाको चलखेल गरे तुरुन्त पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको निर्वाचन अनुगमन समितिलाई खवर गर्नुहोस् ।’ देशभर हुने उपनिर्वाचनमा नेकपाको सरकार बिरद्ध जनलहर बढेका कारण काङ्ग्रेसले गत निर्वाचन २०७४ मा पराजित भएको बदला यस पालीको चुनाबबाट लिने बताए ।