धरान/काम  गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडा नम्बर -२० बाघखोप निवासी  निर्माण मजदुर रामकुमार राईको उपचारका लागि सहयोग  प्रदान गरिएको छ।

कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया सहयोग हस्तान्तरण  गरेका छन्।  धरान वडा नम्बर १५ स्थित  जितबहादुर लिम्बूको घर निर्माणमा ठेकेदार मार्फत काम गरिरहेका राई गत मंसिर ५ गते काम गर्ने क्रममा  करेन्ट लागेर अचेत अवस्थामा ढलेका राईलाई  सहकर्मीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए ।

 ४५ दिनसम्म अस्पतालमा उपचार गरेपनि होस नफर्किएपछि चिकित्सककै सल्लाहमा घर ल्याइएको बुवा दानबहादुर राईले बताएका छन।

 चिकित्सकले विस्तारै होस फर्किन्छ भनेकाले घर ल्याएको बताए । अहिले ६ महिना हुदा सम्म होस आएको छैन तर, हामीले आशा मारेकाछैनौं। राईले बताए। 

Messenger_creation_c4140ffc-660f-4f60-8ab1-d4f7cd0103d0

हालसम्मको उपचारका करिव १० लाख खर्च भइसकेकोछ। घरधनीले ५० हजार सहयोग गरेको र ठेकेदारले करिव ८ लाख जति खर्च बेहोरे  विरामीका बुवा दानबहादुर बताउँछन्।

 घरको आर्थिक अवस्था कमजोर भएका रामकुमार राईको थप उपचार सहयोगका लागि कोशी प्रदेश सांसद विजयकुमार राईले चासो राख्नु भएपछि मजदुर नेता तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलकदमीमा २१ हजार रकम सहयोगीहरुबाट संकलन  गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

घाइतेको उपचारका लागि ह्याप्पी नेपाल इम्प्लोयमेन्टका संचालक दिपक दुमीको तर्फबाट १० हजार, नेकपा एमाले सुनसरी जिल्ला सदस्य तिलक राईबाट २ हजार, युवा समाजसेवी पोष्टराज राईबाट २ हजार, अधिवक्ता मौसम राईबाट १ हजार, पत्रकार विकास चाम्लिङबाट १ हजार, मजदुर नेताहरु भीमज्वाला राईबाट १ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट १ हजार, युवा व्यवसायी सन्तोष बस्नेतबाट १ हजार गरि २१ हजार प्रदान गरिएको हो। 

राइको थप उपचारका लागि सहयोग समिति निर्माण गरेर राहत सहयोग जुटाइने नेकपा (एमाले) धरन उपमहानगर अध्यक्ष हर्कजंङ्ग एभेङले बताएका छन्।