धनकुटा । बुटवल लुम्बिनी फुटबल क्लबलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार सम्पन्न खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले टाइब्रेकरमा बुटवल लुम्बिनी फुटबल क्लबलाई ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । खेलको पूर्वाद्र्धको १५ औँ मिनेटमा राष्ट्रिय जागृति क्लब इटहरीका उमेश राईले १ गोल गरेर अग्रता दिलाएका थिए ।

सोही खेलको इन्जुरी समयमा बुटवल लुम्बिनी क्लबका विवेक गुरुङले राष्ट्रिय जागृति क्लब इटहरीविरुद्ध १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए । उत्तरार्धमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा राष्ट्रिय जागृति क्लब इटहरीले बुटवल लुम्बिनी फुटबल क्लबलाई ५ का विरुद्ध ४ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो ।

खेलको म्यान अफ द म्याच राष्ट्रिय जागृति क्लब इटहरीका उमेश राई घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ तथा मेडल हात पारे । आज (बुधबार) आयोजक धनकुटा फुटबल क्लब र सहलेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ । दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप, प्रमाण–पत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकसमितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।