पथरी/ मोरङको कानेपोखरी–१,होक्लाबारीमा दुई जना भाइको कुटपिटबाट दिदीको मृत्यु भए पछि दुईजना भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार ५१ वर्षीय विजय किस्कु र उनको भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुवै जना भाईले जग्गाको विषय लिएर ५५ वर्षीय दिदी सिता सोरेनलाई कुटपिट गर्दा दिदिको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा दुवै जना विरुद्ध कतव्र्य ज्यान सम्बन्धि जाहेरी परेपछि पक्राउ परेको हो ।शुक्रबार साँझ ५ बजे दुवैले जग्गाको विषयमा वादविवाद गरी झगडा गर्दा दिदी सितालाई कुटपिट गरी सक्क्त घाइते बनाएका थिए ।

घाइते दिदिको उपचारको क्रममा विराट नर्सिङ होम अस्पताल विराटनगर राती १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मिराज अधिकारीले बताए । मृतकको कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टमको लागी राखिएको छ ।