विराटनगर / प्रदेश १ को राजधानी रहेको शहर विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका संचालकको निर्देशनमा विरामीले खरिद गरेको औषधीमा ठगी भएको कर्तुत बाहिर आएको छ ।
विराटनगर – ९ जहदा रोडस्थित न्यूरो हस्पिटल अगाडीको ‘साक्षी मेडिकल हल’ का संचालकहरूको निर्देशनमा काम गर्ने श्रमिकले औषधीको परिणाम बढार विरामी ठगी गर्ने गरेको पाइएको हो ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिका १९ वर्षीय सन्तोष मेहतालाई विरामीलाई दिएको औषधीको परिणाम बढाएर ठगी गरेको आरोपमा आइतबार पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
साक्षी मेडिकल हलका संचालक द्धोय सप्तरी घर भइ विराटनर बस्दै आएका चन्द्र शेखर यादव र निरन्जन शाक्यको निर्देशनमा उक्त पसलमा काम गर्नेहरूले विरामीलाई दिएको औषधीको परिणाम बढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ठगी आरोपमा कामदार यादव पक्राउ परेपछि संचालकहरू अहिले फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘उदारोमा विरामीलाई दिएको औषधीको परिणाम बढाएर साक्षी मेडिकल हलले ठगी गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिएको छ,’ वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतमले भने, ‘आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएका छौं ।’ थप अनुसन्धानपछि कति परिणाममा उक्त औषधी पसलले विरामीले खरिद गरेको औषधी ठगि गरे त्यो पछि खुल्ने बताइएको छ ।
सवारी दुर्घटनमा परि न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले गत भदौ २३ गतेदेखि साक्षी मेडिकल हलबाट उदारोमा औषधी खरिद गर्दै लगेका थिए । ‘एक महिना भन्दा बढीदेखि ४५ हजार रुपैयाँ जम्मा गरि उदारोमा औषधी खरिद गरेका थियौं,’ विरामीको उपचार गर्दै आएका सवारी धनी काभ्रे पाचखालका रामगोपाल श्रेष्ठले भने, ‘थप उपचारको लागि काठमाण्डौं लानुपर्ने भयो । आइतबार हिसाव गर्दा हामीलाई दिएको बिलमा भन्दा पसलमा रहेको रेकडमा औषधीको परिणामा अस्वाभिक रूपमा बढी भयो ।’ क्रस चेक गर्दै हिसाब गर्दा साक्षी मेडिकल हलले औषधीको परिणाम बढी देखाएर ठगी गरेको चाल पाएपछि प्रहरीलाई खबर गरेको उनले बताए । सो मेडिकल हलले परिणाम बढाएको औषधी महङगो मुल्यको रहेको बताइएको छ । विरामीका आफन्तले ३ वटा औषधी खरिद गरेर लैजादा साक्षी मेडिकल हलले राख्ने हिसाबमा ८ वटासम्म राखेको रेकर्ड फेला परेको छ । यस अघि पनि उक्त फार्मेशीले ९ हजारको औषधीमा विरामीलाई १५ हजार रुपैयाँ तिराएका थिए । पछि हिसाब गर्दै जादा बढी मुल्य लिएको थाहा पाएपछि भुक्एिको भन्दै ६ हजार रुपैयाँ विरामीलाई फिर्ता गरिदिएको थियो ।
यस अघि पनि विराटनगरको केही फार्मेशीले विरामीले खरिद गरेको औषधीमा ठगि गरेको आरोपमा संचालक पत्राउ परेका थिए । उनीहरूले लागत मुल्य भन्दा तेब्बर मुल्यमा विरामीलाई औषधी विक्री गर्दै ठगि गर्दै आएका छन् । नियमनकारी निकायले बेलाबेलामा फार्मेशीहरूमा अनुगमन नुहदा मनपरी मुल्यमा औषधीको विक्री वितरण गर्ने गरेको सरोकारवालााहरू बताउँछन् ।