देउराली । धरानकाे छाताचौकमा मोबाइलको विषयमा विवादमा हुदा छुरा प्रहारबाट एक जना गम्भिर घाइते भएको छ ।

शुक्रबार मोबाइलको विषयमा साथी साथीबिच भएको सामान्य विवादका कारण छुरा प्रहार हुदा धरान उपमाहानगरपालिका वडा नम्बर २ छाताचौक बस्ने वर्ष ३० का सविन भुजेल गम्भिर घाइते भएका छन् ।
घाइते भुजेलको वीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने धरान उपमाहानगरपालिका वडा नम्बर ५ देउरालीका विकाश भुजेल फरार रहेकोमा खोजिभइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यैपानेले बताए ।

त्यस्तै, शुक्रबार नै धरान उपमाहानगरपालिका वडा नम्बर ४ स्थित बसन्तटारमा मोटरसाइकल सवार ३ जनामाथी जथाभावी खुकुरी प्रहार हुदा धरान ११ मंगलबारेका आकाश राई गम्भिर घाइते भएका छन् भने उनि संगै रहेको राज्य राई र धरान उपमाहानगरपालिका वडा नम्बर १५ स्यामचाैकका समिर राई सामान्य घाइते भएका छन् ।

शुक्रबार साझ पेयपर्दाथ लगायत खानेकुरा बाेकेर गएका उनिहरु खाएर फर्कीने क्रममा ११ बजे राति करीब १५ जनाको समुहले मेटरसाइकल रोकेर प्रहार गरेको घाइतेकाे भनाइ उदृत गर्दै डिएसपी न्यैपानेले बताए । उनले भने १४, १५ बर्ष उमेरका  एक समुहले प्रहार गरेको हो भनेको छ, घाइतेहरुले प्रहार गर्ने मान्छेहरुको पहिचान गर्न सकेको छैनन्, स्थानियलाई सोधपुछ गर्दा होहाल्ला भएको मात्र थाहा भएको बताएका छन् । आक्रमणको कारणपनि खुलेको छैन । तथापी हामीले तिनिहरुको पहिचान गरी पक्राउ गर्ने प्रयासमा छौं ।

खुकुरी प्रहारबाट घाइते भएका तिनै जना फर्निचर व्यावसयी रहेको र यस अघि पनि उक्त ठाउँमा गएर अवेर रात सम्म बस्ने गरेको कार्यालयले जनाएको छ ।