हाम्रो शिक्षा, हाम्रो सिकाइ –कति गुणात्मक कति व्यवहारिक ?

alt
  • आश्विन १९, २०७६
  • १३९ पटक पढिएको
  • महेश पौडेल

आधुनिक शिक्षाः यतिखेर हामी औपचारिक शिक्षामा केवल औपचारिकता निभाइरहेका छौं । नयाँ शिक्षाका नाममा न त नयाँ शिक्षण विधिको अवलम्बन ग¥यौं, न शिक्षण सिकाइमा परिवर्तन नै गर्न सक्यौं । हाम्रो परिवर्तन सामुदायिक विद्यालयबाट निजी विद्यालयमा स¥यौं । नेपाली भाषीबाट अङ्ग्रेजी भाषामा स्थानान्तरण हुने क्रममा छौं । हाम्रो शिक्षा गुरुकुल हुँदै सामुदायिक विद्यालय र सामुदायिक विद्यालयबाट निजी विद्यालयमा पुगेको छ । उत्पादित जनशक्ति पनि गाउँबाट शहर, शहरबाट विदेश पलायन हुँदैछ । हामीले वा हाम्रो शिक्षाले माटो छुन होइन माटो छोड्न सिकाएको छ, माटो छुनेलाई माटोमा पनि भविष्य छ भनेर भन्न सिकाएन । हाम्रो आधुनिक शिक्षाले संस्कार जोगाउन होइन, सम्पत्ति जोड्नुपर्छ भन्ने सिकायो, मर्यादा गर्न होइन, सम्मान खान मात्र सिकायो । अर्काे पक्ष पढे लेखेकाहरू सरल, सभ्य र सहयोगी बन्नुपर्छ, उसले समाजबाट के लिनेभन्दा पनि समाजलाई केही दिनुपर्छ भन्ने मान्यता स्खलित भएको छ । यो हाम्रो शिक्षण सिकाइको उपज हो भन्ने लाग्छ । यतिखेर हामी पश्चिमा शिक्षा बजारका लागि हतारिएका छौं । बिडम्बना पश्चिमाहरू पूर्वीय दर्शनमा आधारित शिक्षामा अग्रसर देखिएका छन् । तर हाम्रो शैक्षिक डुङ्गा तलाउको बीच भागमा गतिविहीन भएर रोकिएको छ । यसले हिँडेको छेउ छोडेको छ, गन्तव्य पहिल्याउन सकेको छैन । तसर्थ यस बीचमा हाम्रो आधुनिक नामको पश्चिमा शिक्षामा आध्यात्मिक शिक्षण सिकाइलाई जोड्नु जरुरी छ । अन्यथा पश्चिम र पूर्वको हावाको झोक्काले डुङ्गा दुर्घटनामा पर्न सक्छ । त्यसैले पनि अध्यात्म शिक्षा जीवन जिउने सिकाइ मात्र होइन, शिक्षा आर्जन गर्ने चौबीस कलाको सार पनि हो भन्ने बुझाउनु वर्तमानको आवश्यकता बनेको छ । सिकाइ किन ? यदि तिमीले मलाई बताउँछौ भने म बिर्सन सक्छु, यदि तिमीले मलाई देखायौ भने सायद म सम्झन्छु तर तिमीले मलाई त्यो काममा सहभागी गरायौ भने त म बुझ्दछु । आज यो शिक्षण सिकाइ हाम्रा लागि किन उपयोगी हुन सकेन ? किन यस्तो सिकाउने शिक्षक तयार पार्न सकिएन ? भनिन्छ ः यदि तिमी शिक्षक हौ भने शिक्षणलाई साधनाका रूपमा लिन सक्नुपर्छ । आज हाम्रा शिक्षकहरूबीच साधनामा कमी आएको हो वा शिक्षण सिकाइमै त्रुटी भएको हो ? समीक्षा गर्नु जरुरी छ । शिक्षकका प्रकारले पनि सिकाइको प्रक्रिया र परिणाममा भिन्नता आएको हुनसक्छ । आज नेपालमा यतिखेर शिक्षकको प्रकार स्थायी, अस्थायी, राहत, निजीस्रोत थुप्रै होलान् ? तर म शिक्षणका हिसाबले मूलतः तीन प्रकारका देखिरहेको छु । १.दोष केलाउने २.व्याख्या गर्ने र ३. प्रेरणा दिने । तर आजको शिक्षा कमजोरी केलाएर उसलाई कमजोर बनाएर सम्भव छैन । उसमा ऊर्जा थप्नु जरुरी छ । निरन्तरको प्रयासले के सम्भव हुँदैन भनेर सिकाउनु छ । अब दण्डले होइन, प्रेम भरेर सिकाउनु पर्ने समय आएको छ । त्यसैले त अबको शिक्षा सजायमुक्त हुनुपर्नेमा सबैको सम्मति छ । किनकी पिटेर पढ्ने भए सबभन्दा बढी पिटाइ खाने मानिस सबैभन्दा बढी विद्वान हुने थियो । यसरी पिटाइबाट कोही कसैलाई सिकाउन नसकिने प्रायः पक्का छ । अन्यथा झन्झट, अभिभावकको गुनासो, सञ्चारमाध्यमको प्रचारबाजीको सिकार हुन बाध्य हुनुपर्छ । अतः विद्यार्थीको प्रिय शिक्षक बन्न र अनन्तकालसम्म शैक्षिक प्रभाव पार्न पहिलो र दोस्रो शिक्षण सिकाइलाई भन्दा तेस्रो बूँदाको उत्प्रेरणा दिने खालको शिक्षण सिकाइ अबलम्बन गर्ने शिक्षक हुनु जरुरी छ । तर यसका लागि शिक्षकमा अध्ययनशीलता, नयाँ शिक्षण सिकाइको खोज गर्ने चाहना र शिक्षण पेशाप्रतिको गहिरो लगाव जरुरी छ । यही विधि अवलम्बन गर्न नसक्दा शिक्षकलाई ४५ मिनेट कटाउन गाह्रो छ । विद्यार्थी कक्षा छोड्ने तयारीमा छ, अभिभावक दिक्दारी र बिलखबन्दमा परिरहेका छन् । सही शिक्षण सिकाइका लागि सही शिक्षक हुन जरुरी छ । जसले उत्प्रेरणा दिने उत्प्रेरकको काम गरोस् । यसका लागि शिक्षकले आफ्नो पेशाप्रति गर्व गरोस् । शिक्षण पेशा विशुद्ध प्रेमबाट मात्र सम्भव र सफल हुने पेशा हो भन्ने ज्ञान राखोस् । अज्ञातले भनेका छन् –पढ्न जानेर पनि नपढ्ने मानिस पढ्न नजान्ने जस्तै खराब मानिस हुन् । ठीक आज हाम्रा प्रायः शिक्षक त्यस्तै देखिएका छन् ? नेपालको शैक्षिक क्षितिजमा भारतीय स्वतन्त्रता सङ्ग्रामका अहिंसावादी नेता महात्मा गान्धीका भनाइहरू नै वर्तमानको अभ्यास बनिरहेको छ । उनी राजनीतिका मात्र युगपुरुष थिएनन् । उनी अध्यात्मका पनि त्यत्तिकै प्रखर थिए । उनले भनेका थिए मानवता बिनाको विज्ञान भनेको पापकर्म हो । त्यसमा सत्य साइ बाबाले भनेका छन्, ‘मानव मूल्य बिनाको शिक्षा व्यवहारिक शिक्षा नभई केवल सर्टिफिकेटका लागि मात्र काफी हुन्छ ।’ ठीक बजारमा जनशक्तिको बढ्दो माग छ तर हाम्रा जनशक्ति काम नपाएर खाडी मुलुकको टिकट काटिरहेका छन् । कारण हाम्रो शिक्षाले विषयको अल्पज्ञान दियो, विषयलाई बजारको मागलाई सुहाउँदो बनाउन सकेन । वर्तमानमा हाम्रो शिक्षा पैसामा निर्भर भएको छ । छ पैसा, छ शिक्षा, छैन पैसा छैन शिक्षा, भएको छ । शिक्षा बजारको वस्तुजस्तै किनबेचको भइरहेको छ । पैसाले मानिसलाई घमण्डी बनाएको छ । शिक्षाले मानिसलाई सादा र उच्च बनाउनुपथ्र्यो । भनिन्छ, विद्वानहरू समभावका हुन्छन् । उनीहरूको दृष्टि बराबर रहन्छ । खोइ ! हाम्रो शिक्षा त ठीक यसको उल्टो गतिमा पो हिँडिरहेको छ । यसका लागि हाम्रा तीन पक्षहरूमा अध्यात्मिक र व्यवहारिक ज्ञान हुनु जरुरी पर्दछ । ती हुन्, शिक्षक, विद्यार्थी र अभिभावक । तर यतिखेर हाम्रो समीकरण केवल शिक्षक र विद्यार्थीमा मात्र सीमित छ । हामी यतिखेर निष्कर्षमा यो भन्न सक्छौं कि – हाम्रो शिक्षाको अन्तिम लक्ष्य भनेको विवेक र ज्ञानसहितको शिक्षा आर्जन गर्नु नै हो । त्यो केवल आफ्ना लागि मात्र होइन, समाजका लागि पनि केही गर्न सक्ने बनोस् । शिक्षा केवल ठूलो मान्छे बन्न होइन, असल बन्नका लागि हुनुपर्छ । किनकी ठूलो मान्छे असल नहुन सक्छ तर असल मान्छे पक्कै पनि ठूलो मानिस बन्न सक्छ । त्यसैले हामी भन्न सक्छौं सही शिक्षण सिकाइलाई अवलम्बन गर्न अध्यात्मिक सिकाइ अत्यन्त जरुरी छ । तसर्थ यी माथिका सूत्रहरूको प्रयोगले हाम्रो शिक्षण सिकाइलाई परिणाममुखी र व्यवहारिक बनाउन सहायक हुन सक्छ ।

जयप्रकास मृत्यु प्रक ...

विराटनगर /  विराटनगर– २ शनिहाटमा शनिबार राति ...

सागः बास्केटबलमा नेप ...

  काठमाडाैं / तेह्रौँ दक्षिण एशियाली खेलकूद ...

त्रिवि कर्मचारीकाे ब ...

  काठमाडाैं / सामान्यताः परीक्षाको आफ्नै मर ...

अफडेटः कोहलपुरमा कर् ...

धरान  / स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved