भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

alt
  • आश्विन १४, २०७६
  • १११ पटक पढिएको
  • ब्लाष्ट खबर

पटना / एक सातादेिख लगातार परेको पानीले विहारको पटना तथा उत्तरप्रदेशमा ठूलो क्रषाित गरेको छ । मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ ।

भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ ।
चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जेलभित्र बाढी पसेका कारण उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९०० कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्नु परेको छ । करिब २० लाख जनसंख्या रहेको पटनामा मानिसहरुलाई अस्थायी डुङ्गाको सहायताबाट उद्धार गरिएको छ ।

वर्षा रोकिए पनि शहरको अधिकांश भूभाग डुबानमा छ । विद्यालय र पसलहरु सबै बन्द अवस्थामा छन् । टेलिभिजनमा प्रसारित दृश्यहरुमा अस्पतालका वार्डहरु डुबानमा परेका र स्थानीयबासीलाई उद्धारकर्ताहरुले दूध, केरा र अरु पेय पदार्थहरु बाँड्दै गरेको देखिएको छ ।

सामान्यतया, जुनदेखि सेप्टेम्बर महिनासम्म उत्तर भारतमा मनसुनी वर्षा हुने गर्दछ, तर यस वर्ष ढिलो गरी मनसुनी वर्षा भइरहेको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार यस वर्षको समग्र मनसुनी वर्षा औसतमा भन्दा बढी भएको छ ।

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved