इटहरी/ सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन् ।

इटहरीको धरान-विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक एक युतवीलाई बाटोकै छेउमा बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

धरानबाट को १ ख ४६२६ नम्बरको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा-१२ का बस चालक विकास कसई, झापा सुरुङ्गा-४ का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

घट्नामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले मध्यरातमा बलात्कार भएको घट्ना सुने लगातै प्रहरी परिचलान भएको कारण अपराधि पक्राउ परेको बताए । हामी अहिले घट्नाको अनुसन्धानकै क्रममा छौ उनले भने ।