बराहक्षेत्र । संघीय उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि मातृका प्रसाद यादवले, प्रसस्त सरकारी जग्गा भएको सुनसरीको बराहक्षेत्र नगरपालिकामा सरकार उद्योग स्थापना गर्न ईच्छुक रहेको बताएका छन् । सोमबार सुनसरीको चक्रघट्टीमा वराहक्षेत्र नगर अस्पतालको ३६५ दिन सञ्चालन हुने ,२४ घंटे आकस्मिक तथा निःशुल्क ओपीडी सेवाको उदघाटन गर्दै प्रमुख अतिथि मन्त्रि यादवले त्यस्तो बताएका हुन ।

सेवा उदघाटनमा पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले, जनताको स्वास्थ्य सेवाको लागि सञ्चालनमा गरिने २४ घंटे आकस्मिक तथा निःशुल्क ओपीडी सेवा सकारात्मक भएको बताए । उनले आफु दिन भन्दा पनि केही माग्न आएको भन्दै ,धेरै सरकारी जग्गा भएको नगरपालिकाले जग्गा उपलब्ध गराए ,सरकार नपामा उद्योग खोल्न तयार भएको बताए ।

थोरै थोरै जग्गा कटौती गरेर चकलाबन्दी दिईने हो ,भने सरकार उद्योग स्थापना तर्फ सकारात्मक भएको बताए । यसैगरी अर्को एक प्रसंगमा मन्त्रि यादवले, ऐन बनिसकेका हुनाले जनताको माग अनुसारको सकुम्बासी समस्या चाडै समाधान गरिने बताए । उनले नपामा उद्योग सञ्चालन गर्न सके, रोजगारी को लागि विदेशीने सयौं युवा जनशक्ति लाई स्वदेश मा नै रोजगार श्रृजना गर्न सकिने विचार व्यक्त गरे ।

barahkshetra

कार्यक्रममा यादवले अस्पताललाई, ४५ लाख रुपैंया बराबरको ३ कठ्ठा जग्गा दान दिने,वराहक्षेत्र नपा वडा नम्बर ७ का पंण्डित नन्दराज पौडेल लाई सम्मान गरेका थिए ।

श्रावण १३ गते स्थापना भएको ८ कोठा रहेको १ तल्लाको नगर अस्पतालमा, वर्षको ३६५ दिन, शनिबार र सार्वजानिक विदामा समेत बिहान ७ बजे देखि राती ८ वजे सम्म २४ घंटाको आकस्मिक,निःशुल्क ओपीडी,एक्सरे,ल्याब,एसिजी,ड्रेसिङ्ग, र नेबरलँईजेसन( बाथ) तथा हरेक बुधवार र शुक्रवार विहान ९ वजे देखि दिउ“सो ३ बजे सम्म भिडियो एक्सरे सेवा उपलब्ध भएको भन्दै चाडै नै दांत,फिजियोथेरापी,स्त्री रोग विशेषज्ञ सेवा उपलब्त्र गराईने ,अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरीले बताए ।

बराहक्षेत्र नगरप्रमुख निलम खनालको अध्यक्षतामा,डा.अनिल गिरीले सञ्चालन गरेको कार्यक्रममा,विशिष्ट अतिथिहरु प्रदेश नम्बर १ का उद्योग पर्यटन तथा वन वातावरण मन्त्रि जगदिश कुसियत,संघिय सांसद ज्ञानेन्द्र बहादुर कार्की र शिवकुमार मण्डल यसैगरी,नेकपा वराहक्षेत्र अध्यक्ष कमल कटुवाल मिलन तथा बराहक्षेत्र नपा उप्रमुख कमला मगर लगायत विभिन्न संघसंस्थाको उपस्थिती रहेको थियो ।