विराटनगर /  मोरङको सुन्दरहरैचा नगरपालिका – १ की १७ वर्षीय एक किशोरीलाई केरा घारीमा लगेर सामूहिक बलत्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । शनिबार साढे ९ बजे राती मोरङको ग्रामथान गाउँपालिका – ७ स्थित बिचारी खनालको केरा घारीमा लगेर ती कोशरीलाई चारजना युवाले सामुहिक बलत्कार गरेका थिए ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका – ५ का २० वर्षीय सुरेश थानदार, सोही ठाउँका २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारुलाई पक्राउ गरेको हो । पीडित पक्षले इलाका प्रहरी कार्यालय हरैचामा उजुरी दिएपछि प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । मोरङ प्रहरीले बलात्कारमा संलग्न चार जनालाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजानिक पनि गरेको छ ।
प्रहरीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराई बलात्कार गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । शनिबार राती करणी भएको खबर पाए पछि पुगेको प्रहरीले शनिबार १ बजे घटनामा संलग्न चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो घट्ना
‘घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति रहेको खुलेको छ,’ एसपी अधिकारीले भने, ‘ती किशोरीलाई गफ गर्ने तरिकाले घरदेखि बोलाए । त्यसपछि मदिरा सेवन गराए । नशामा लठिएपछि एकान्त ठाउँ केरा घारीमा लगेर करणी गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ ।’ मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ । ती किशोरीसँग सबैभन्दा नजिकका साथी प्रकाशकुमार थारु रहेका थिए । पक्राउ परेका थारुले नै ती किशोरीलाई सुरुवातमा बोलाएर मदिरा सेवान गराएका थिए । त्यसपछि करणी गर्न उनका अन्य साथीहरूलाई बोलाएर केराघारीमा लगेको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले जिल्ला अदालत मोरङमा आइतबार जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
मोरङ प्रहरीले चालु आर्थिक वर्षको भदौ महिनामा मात्र जवरजस्ती करणी मुद्दामा १० जनालाई पक्राउ गरि अदालतमा मुद्दा दर्ता गरेको छ भने जवरजस्ती करणी उद्योगमा ६ जनालाई मुद्दा चलाएको एसपी अधिकारीले जानकारी दिए ।