विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
आज जारी शुभकामना सन्देशमा उनले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको भाव प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धन गर्न महत्वपर्ण योगदान पुर¥याउँदै आएको उल्लेख गरे ।
हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य भएको उनले उल्लेख गरे ।
यस्तै प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा आज शुभकामना सन्देश दिएका छन् ।

आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गरोस भन्ने शुभकाना ुन्देश दिएका छन् । आज विज्ञप्ति जारी गरि धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा मिलोस भनेका छन् ।
शुभकामना सन्देशमा सभामुख भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले विविध जाती, भाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचारा काम गर्न मद्दत गर्ने बताएका छन् ।

संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको उल्लेख गदैं सभामुख भण्डारीले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान भएको बताएका छन् ।