धरान/ योग साधक समुह धरानद्धारा धनकुटा मार्गेश्वरी बहिरा प्राथमिक विद्यालयलाई कापी,कलम वितरण गरिएको छ । विगत केहि वर्ष देखिनै सेवाको भावले विद्यालयलाई सहयोग स्परुप कापी, कलम वितरण गर्दै आएको योग साधक समुहकी अध्यक्ष तथा समाजसेवी सवनम लिम्बुले जानकारी दिइन् ।

योग साधक समुहले विद्यालयका २७ विद्यार्थीलाई एक वर्षसम्मका लागी कापी कलमको अभाव नहोस भनेर आवश्यक पर्ने कापी कलम हस्तान्तरण गरेको हाे ।

कापी कलम पाएपछि निकै खुःशीको मुद्रामा देखिएका धनकुटा मार्गेश्वरी बहिरा प्रा.विका प्रतिनिधि स्रवनलाल राईले कतिपय बालबालिकाका अभिभावकले समेत सहयोग नगरिरहेको बेलामा बालबालिकाको शैक्षिक भविश्यमा चिन्तन गरि समुहले सहयोग गरेकोले धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष लिम्बुले आफन्त र व्यक्तिगत पहलबाट केहि रकम जुटाई विद्यालयलाई सहयोग गर्न सकेको  बताएकी छिन् ।