[caption id="attachment_99369" align="alignnone" width="1231"] फाइल तस्विर[/caption]

अर्घाखाँची / अर्घाखाँचीमा चितुवाको आतंक नरोकिएपछि स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणका लािग जंगलमा खोर बनाएका छन्कोर । चितुवा नियन्त्रणका लागि उनीहरुले बाख्रालाई बलि बनाएका छन् । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार स्थानीयसहित ४० जना प्रहरीको टोली स्थानीय सामुदायिक वनमा परिचालन गरिएको छ । उनीहरुले बस्ती नजिकको जंगलको झाडी सफा गर्ने र चितुवालाई पासोमा पार्न खोर राख्ने काम गरेका छन् । उक्त खोरमा बाख्रा राखिएको छ । बाख्रा खान चितुवा आउछ भनेर बाख्रा राखिएको हो ।

विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै २ देखि १५ वर्ष उमेर समूहका छन् । पछिल्लो पटक भूमिकास्थान नगरपालिका ९ ढिकुरामा मदन घिमिरेका ४ वर्षका छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । धेरै मानविय क्षती भए पछि प्रशासनले यस्तो उपाय लगाएको हो ।