विराटनगर /  भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बरका वडा अध्यक्ष उद्धब अर्यालसहित १६ जना माथि मुद्दा दायर भएको छ ।  प्रहरीले सरकारी वकिलको कार्यालय माफर्त वडा अध्यक्ष अर्यालसहित १६ जनालाई झुठा विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोग लगाएर आइतबार मुद्दा दायर भएको हो । गैर नेपाली नागरिकलाई नागरिकताको सिफारिस दिने वडा अध्यक्ष अर्याल विराटनगर महानगरपालिकाको प्रवक्तासमेत हुन् । अर्यालसहित वडा सदस्य रमेश साह, वडा सचिब पुष्षा तिम्सिनालाई समेत सोही मुद्दा दायर भएको छ । बावु बनेर नागरिकता दिलाउने मुख्य अभियुक्त विराटनगर १ घर भइ कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षिय सत्यनारायण पोद्दार, झुटा विवरण पेश गरि छोरा बन्ने र नागरिकता लिने २२ वर्षिय संजिब पोद्दार, २० वर्षिय धिरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षिय राजेन्द्र पोद्दार, २५ वर्षिय रोशन कुमार पोद्दार, १८ वर्षिय मिथीलेस पोद्दार, संजिब पोद्दार, १९ वर्षिय पवन पोद्दार छन् । त्यस्तै सर्जिवन गर्नेहरू विराटनगर १ की ४७ वर्षिय सिमा देवी राम, सोही वडाका ५३ वर्षिय मनोज हर्रिजन, ६४ वर्षिय छोटेलाल मुखिया, सुनसरीको कोशीगाउँपालिका १ बस्ने ४५ वर्षिय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ वर्षिय बैजनाथ शर्मालाई मुद्दा दर्ता भएको मोरङ अदालतले जनाएको छ । मुख्य अभियुक्त सत्यनारयणले कान्छी श्रीमति पटिको छोराहरु देखाउँदै भारतीय नागरिकबाट मोटो रकम लिदै नागरिकता बनाइदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारयण मात्र पक्राउ गरेको छ । अन्य फरार छन् । जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् । पछिल्लो पटक सत्यनारयणले किर्ते कागजपत्र बुझाएर आफनो छोरा भन्दै २२ वर्षिय संजिव पोद्दारको नागरिकता बनाउन खोजेका थिए । तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंंका गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएकोे हो । प्रहरीले पोद्दारलाई पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, वडा सदस्य साह र सुन्दर हरैचा घर भइ हाल विराटनगर महानगरपालिका १ नम्बर वडा तिम्सिना फरार छन् । प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा शुक्रबार अभियोग पत्र पेश गरेको थियो । सरकारी वकिलको कार्यालयमा अभियोग पत्र बुझाएपछि आइतबार अदालतमा मुद्दार दायर गरेको हो । मुद्दा दर्ता भए पछि अदालतमा अभियुक्त सत्यनारायणको सोमबारदेखी बयान सुरु हुनेछ । आइतबार बयान सकिए सोही दिन थुनछेक बहस हनुेछ । एक देखि पाँच वर्षसम्म कैदको व्यवस्था नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा १ ले कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठा विवरण दिई नेपाली नगरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा ५० देखी १ लाख रुपैयाँ सम्म जरिवार वा दुवै सजया हुन सक्ने कानुनी व्यवस्था रहेको छ । झुठा विवरण दिई नागरिकता प्राप्त गर्ने व्यक्तिको नागरिकता स्वत रद्द हुने व्यवस्था रहेको छ ।