सुनसरी । सुनसरी जिल्लाको धरान उप-महानगरपालिका वडा नम्बर-४ आपँगाछी जंगलमा भाद्र ३० गते सुँगुरको चारो काट्न गएकी एक बृद्धामाथी खुर्मी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका वडा नम्बर-४ निसाने बस्ने अंदाजि बर्ष ६० कि दिल कुमारी राईलाई ४ गते दिउँसो साढे १ बजे तत्काल नाम थर ठेगाना खुल्न नसकेको अपरिचित ब्यक्तिले राईले नै प्रयोग गरीरहेको खुर्मी खोसी घाँटीमा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।

खुर्मी प्रहार गरी फरार भएका धरान ०९ बस्ने बर्ष ३२ को कुल बहादुर भुजेललाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलिले धरान उप-महानगरपालिका-२ भानुचौकबाट पक्राउ गरेको थियो भने घाईते बृद्धाको स्वास्थ्यमा सुधार आए पश्चात गत ६ गते डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।