धरान । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले दुई दिने लोक सांस्कृतिक नृत्य कार्यशाला आइतबार सम्पन्न गरेको छ । धुलिखेल समाजको भवनमा भएको कार्यशालामा नेपाली लोक सांस्कृतिक नृत्य अनुसन्धानकर्ता रोचक थापाले प्रशिक्षण दिएका थिए । कार्यशालामा सुनसरी, मोरङ र झापाका ३५ जना नृत्य निर्देशकहरू सहभागी रहेको गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बूले बताए । नेपालका विभिन्न जातजातिको नृत्यबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञानकासाथै भेषभूषा, गरगहना, पहिरनबारे जानकारी गराइएको थियो । कार्यशालाको समापन कार्यक्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा प्रशिक्षक रोचक थापाले सहभागीहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए ।