मधुमल्ला / वैदेशिक रोजगारीका लागि मकाउमा रहेकी गीता मगर शेर्पा आफुलाई समाजसेवामा समर्पित गरेकी नेपाली चेली हुन् । पुख्र्याैली घर उर्लाबारी—९ छिन्ताङ्गेटोल भएकी गीता त्यही जन्मिन्, हुर्किइन र अध्ययन गरिन् । गीता यस्ती यस्ती महिला हुन्, जो अरुको दुख देख्न सक्दिनन् । त्यसैले त आफुलाई उनले समाजसेवामा तल्लिन राखेकी छिन् । समाजसेवा मार्फत गीताले आफ्नो चिनारी अझै बढाउँदैछिन् ।

जागिर र घरायसी काममा मात्रै सिमित नराखेर गीता दिन दुखी र आपत विपत अप्ठेरामा परेका बिरामीहरुको सेवाको लागि अहोरात्र खटिरहेकी छिन् । ‘अरुले दुख पाएको आपत विपतमा परेको , आर्थिक अभावले उपचारमा समस्या भएको समाचारहरु देख्दा निक्कै दुख लाग्छ, अनि सहयोग गर्न पाउँदा खुशी,गीताले भनिन्‘ सेवा नै धर्म हो भन्ने उदेश्यले सहयोगको अभियानमा लागिरहेको छु । ’  गीताले उर्लाबारी—९ छिन्ताङ्गे टोलमा बाढिबाट बिस्तापित भएका ५ घर परिवारलाई साथभाई र आफ्नो तर्फबाट सहयोग गरिन् । दशैंको बेला थियो,जग्गा जमिन मात्र हैन घरको सबै अन्न वाली बगाएको थियो,गाउँमा । प्रत्येक परिवारलाई नगद ५ हजारका दरले सहयोग गरिन् ।

गीताले छतबाट छरेर जिवन मरणको दोसाधमा रहेका उर्लाबारी—६ निवासी देवेन्द्र तामाङको उपचारको लागि संकलन गरेर ९० हजार सहयोग गरिन् । सबैले बाँच्ने आस मारिसकेका देवेन्द्रले अहिले नयाँ जिवन नै पाएका छन् । उनलाई अन्यत्रबाट पनि थुप्रै सहयोग जुट्यो ।  ‘आफ्ना बालबच्चा सानो बिराम हुँदा त धेरै छटपट्टी र पीडा हुन्छ, झन ठुला समस्या अनि त्यसमा पनि आर्थिक अभाव हुँदा कति पीडा हुँदो हो, गीता भन्छिन्, सबैमा सहयोगी भावना हुने हो भने मर्दापर्दा सहयोग गर्न सकिन्छ । ’

गीताले आफ्नो समाजसेवाको यात्रामा साथीभाई शुभेच्छुकहरुको हात रहेको बताउछिन् । भन्छिन‘ उहाँहरु बिना म एक्लैले सहयोग जुटाउन सहयोग गर्न सम्भव छैन् ।  सानैदेखी आफुमा सहयोगी मन भएको बताउदैं गीता भन्छिन्,‘पहिले पनि सहयोग गर्न मन थियो तर सकिरहेको थिईन, अहिले आफ्नो मेहेनतको केहि हिस्सा गाउँको समस्यामा मल्हम पट्टी लगाउने प्रयासमा छुट्टीयाएको छु । ’ आफुलाई सामाजिक काममा श्रीमान भीम शेर्पाको ठुलो साथ सहयोग र हौषला रहेको गीताले सुनाईन् । मेरो काम प्रति खुशी हुनुहुन्छ, गीताले भनिन्,‘ सकुन्जेल सहयोग गरि रहनेछु । ’

गीताको सहयोग अभियान यतिमै सिमित छैन् । गत माघ ३ गते सडक दुर्घटनामा परी शिवसताक्षीकी ४४ वर्षीया गोमा गौतम उपचारमा अगुवाई गर्दै एक लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेकी थिईन,आफु र आफ्नो साथीभाईबाट । यस्तै उर्लाबारी—९ खोपिँडाडाकी क्यान्सर पीडित पार्वता लिम्बूको उपचारका लागि ८० हजार ८ सय ८८ रुपैंया संकलन गरेर पठाईन् । गीताले विदेशमा पनि अलपत्र परेकाहरुलाई पनि काम खोजेर सहयोग गरेकी थिईन् । यसअघि पनि उनले थुप्रै ठाउँमा सहयोग गरिसकेकी छिन् । गीताकै नेतृत्वमा महाविर पुनको अभियानलाई एक लाख ११ हजार १ सय ११ रुपैंया सहयोग भएको थियो ।

गाउँको घाऊमा मल्हम लगाउने प्रयत्न निरन्तर गरिरहेकी गीताले भर्खर मात्र हिमालयन नेपाल एयरको आयोजनामा भएको बेस्ट कप्पल प्रतियोगिताको उपाधि जितिन् । उनले उक्त प्रतियोगितामा पाएको नगद ३० हजार बाल मन्दिर आधारभुत विद्यालय फुङलिङ ताप्लेजुङका सूस्त श्रवण तथा बहिरा अपाङ्ग विशेष शिक्षाका लागि सहयोग गरिन् । समाजिक काम गर्न पाउँदा खुशी लाग्ने बताउदैं गीताले आउँदो दिनमा पनि सामाजिक काम गरिरहने बताईन् ।