काठमाडौं/ नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाएर नहटाए आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी दिएका छन् ।

[caption id="attachment_76174" align="aligncenter" width="750"] फायलफाेटाे[/caption]

उनले मंगलबार सुरु गर्ने तय भएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् ।  विमान दुर्घटनामा परेर आफ्ना सहकर्मी चिकित्सकसहित धेरै जनाको मृत्यु भएको शोकको घडीमा सत्याग्रह स्थगन गरेको उल्लेख गर्दै डा। केसीले भने, ‘मेरो माग पूरा नभए आगामी आइतबार दिउँसो ४ बजेदेखि पुनस् सत्याग्रह सुरु गर्नेछु ।’

प्रधानन्यायाधीश गत साउनदेखि नै सेवा निवृत्त भएको औंल्याउँदै डा। केसीले भने, ‘हामीले जे भनेका थियौं, त्यो सही प्रमाणित भयो । अब उनको सर्वोच्च अदालतमा काम गर्ने नैतिकता मात्र हैन, कानुनी हैसियतसमेत छैन, उहाँ गैरकानुनी रूपमा त्यहाँ बस्नुभएको छ ।’

पराजुलीले राजीनामा दिएर मात्र नपुग्ने बरु उनलाई छानबिन गरेर कारबाही नै गर्नुपर्ने राज्यको दायित्व रहेको जनाउँदै डा. केसीले भने, ‘उहाँ सर्वोच्च जस्तो पवित्र ठाउँमा जानु नै अदालतको अपहेलना गर्नु हो ।

कान्तिपुर