धरान/महोत्तरीको श्रीपुर–७ बाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । pestol आज बिहान २ बजेको समयमा प्रहरीको गस्ती टोलीले जाँच गर्ने क्रममा श्रीपुर–१ का ३२ वर्षीय वकिल साह र भारत सीतामढी जिल्लाका २८ वर्षीय अनवरु हकलाई हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रातिको समयमा सम्सी–गौशाला सडकखण्डमा बसिरहेको अवस्थामा उनीहरुलाई शङ्काका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान गोली, फलामको रड र चक्कु बरामद गरेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । रासस