श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १३ गते बिहीबार, २५ अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि ०७ः०४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र विशाखा भोलि ०२ः३९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः२९ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।    
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले हौसला जगाउनेछ भने विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत र लगानीले धेरै फाइदा दिनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा सजगता अपनाउनुहोला।     
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
योजना बनाएर गरेको कामले फाइदा हुनेछ । नियमित काम सम्पादन हुनेछ । काममा पनि आफन्तजनले साथ दिनेछन्   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।