इलाका प्रहरी कार्यालय धरान

    Showing १-२ of items.
  • धरानबाट लागु औषधसहित एक पक्राउ

    धरान / लागू औषध विक्री वितरण गरिरहेको अवस्थमा धरान प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । धरान १४ जिरो प्वाइन्ट अनाम मार्गमा ३१ बर्षीय रोशन मगरले आफ्नै घरको कोठाको खाटमुनी विक्रीको प्रयोजनका लागि खाटमनी पहलो झोलामा पोको पारी राखेको अवस्थामा मगरलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए । विशेष सुराकीका आधारमा दिउसो ३ बजेको समयमा उनको कोठामा छापा मार्दा लागू औषध डाइजेलाव २५, लुपिजेसिक २५ र एभिल २५ एम्पुलसहित मगरलाई प्रक्राउ गरिएको डिएसपी तिम्सिनाले बताए । पक्राउ परेका मगरलाई लागू औषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः पुष ५, २०७५
    • ५०८ पटक पढिएको
    • गाेविन्द बस्नेत
  • गोरु काट्दै गर्दा धरानबाट १० जना पक्राउ

    धरान / गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई आज नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय धरानले विहान ४ः३० बजेको समयमा धरान –१७ स्थित बिद्याटोलमा गोरु काटिरहेको अवस्थामा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गीलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उक्त स्थानबाट गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको जस्तो देखिने सिंगसहितको टाउको २ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई शुक्रबा नै जिल्ला अदालतमा

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ६,७३९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved