धरान / लागू औषध विक्री वितरण गरिरहेको अवस्थमा धरान प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धरान १४ जिरो प्वाइन्ट अनाम मार्गमा ३१ बर्षीय रोशन मगरले आफ्नै घरको कोठाको खाटमुनी विक्रीको प्रयोजनका लागि खाटमनी पहलो झोलामा पोको पारी राखेको अवस्थामा मगरलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।

विशेष सुराकीका आधारमा दिउसो ३ बजेको समयमा उनको कोठामा छापा मार्दा लागू औषध डाइजेलाव २५, लुपिजेसिक २५ र एभिल २५ एम्पुलसहित मगरलाई प्रक्राउ गरिएको डिएसपी तिम्सिनाले बताए । पक्राउ परेका मगरलाई लागू औषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।