विजयपुर । धरान उपमहानगरपालिकाको विश्वकर्मा कल्याण सेवा वडा नं. ५ समितिको अध्यक्षमा प्रेम विश्वकर्मा चयन भएका छन् ।
शनिबार देउरालीमा सम्पन्न भेलाले ११ सदस्यीय वडा कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मैयाँ विश्वकर्मा, सचिवमा धनकुमार विश्वकर्मा र कोषाध्यक्षमा भगतबहादुर विश्वकर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा हेमकुमारी विश्वकर्मा, इन्द्र लकान्दी, प्रेम बराइली, तीर्थ विश्वकर्मा, सुरेश गजमेर, कुमार विश्वकर्मा र अमित विश्वकर्मा चयन भएको प्रधान कार्यालयका महासचिव बलिन्द्र बराइलीले जानकारी दिए ।