विजयपुर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार धरान उपमहानगरपालिकामा ५८ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका छन् ।
उपमहानगरका १४ विद्यालयबाट १ हजार २ सय ६० विद्यार्थीमध्ये ७ सय ३२ विद्यार्थी ‘ग्रेडेड’ भएका हुन् । ब्लाष्टले सबै विद्यालयबाट प्राप्त गरेको तथ्याङ्कअनुसार ५८.१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका हुन् ।
धरान १४ स्थित पिण्डेश्वर संस्कृत माविमा सबैभन्दा बढी ७७.७७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । विद्यालयका प्रधानाध्यापक प्रभाव भट्टराईका अनुसार परीक्षामा सहभागी ९ विद्यार्थीमध्ये ७ जना ‘ग्रेडेड’ भएका हुन् ।
त्यसपछि धरान ६ स्थित सरस्वती मावि पानवारीबाट ७५.५२ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी ६९ विद्यार्थीमध्ये ५२ विद्यार्थी ‘ग्रेडेड’ भएका हुन् । सरस्वतीबाट सबैभन्दा बढी ३.७० जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
यस्तै, धरान १९ स्थित किरातेश्वर माविमा प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाका अनुसार परीक्षामा सहभागी २० जनामध्ये १४ जना ‘ग्रेडेड’ भएका छन्, जुन ७०.७७ प्रतिशत हो । विद्यालयमा सबैभन्दा बढी ३.५३ जिपिए रहेको छ ।
धरान २ स्थित शिक्षानिकेतन माविले ६९.६२ प्रतिशत नतिजा हासिल गरेको छ । विद्यालयका प्रधानाध्यापक उमेश गुरगाइँका अनुसार परीक्षामा सहभागी १५८ विद्यार्थीमध्ये ११० विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । निकेतनबाट साधारणतर्फ १२३ विद्यार्थीमध्ये ८१ जना र प्राविधिक धारतर्फ ३५ मध्ये २९ जना ‘ग्रेडेड’ भएका छन् । विद्यालयबाट सबैभन्दा बढी ३.७१ जिपिएसहित ३ जनाले ‘ए प्लस’ ल्याएको प्रधानाध्यापक गुरगाइँले बताए ।
धरान १७ स्थित पञ्चकन्या मावि (रेल्वे) बाट परीक्षामा सहभागी ५० जनामध्ये ३३ जना ‘ग्रेडेड’ भएका छन्, जुन ६६ प्रतिशत हो । विद्यालयबाट सबैभन्दा बढी ३.१ जिपिए रहेको छ ।
धरान नमुना विद्यालय धरान १२ स्थित पब्लिक हाइ स्कुल छैटौँ स्थानमा देखिएको छ । विद्यालयबाट ६५.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । ६५१ विद्यार्थीमध्ये ४२८ जना ‘ग्रेडेड’ भएका हुन् । साधारणतर्फ ६३१ मध्ये ४०८ जना ‘ग्रेडेड’ भए भने प्राविधिक धारतर्फ सहभागी २० मध्ये शतप्रतिशत ‘ग्रेडेड’ भएका छन् । विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाका अनुसार पब्लिकको व्यवस्थापनतर्फ आयुष कट्वालले ३.९६ जिपिए ल्याई उत्कृष्ट प्रदर्शन गरेका छन् । अन्य ८ जनाले ३.६१ जिपिएभन्दा माथि ल्याएका छन् ।
धरान १३ स्थित पब्लिक फुस्रे माविबाट परीक्षामा सहभागी १२ विद्यार्थीमध्ये ७ जना ‘ग्रेडेड’ भएका छन्, जुन ५८.३३ प्रतिशत हो । विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार सबैभन्दा बढी २.९३ जिपिए ल्याइएको छ ।
धरान २० स्थित भालढुंगा माविका प्रधानाध्यापक सुरेन्द्र अधिकारीका अनुसार १७ जनामध्ये ९ जना ‘ग्रेडेड’ भएका छन्, जुन ५२.९४ प्रतिशत हो । विद्यालयमा सबैभन्दा बढी ३.२८ जिपिए रहेको छ ।
धरान १६ स्थित शारदा बालिका नमूना माविका प्रधानाध्यापक धर्मनारायण सिंहका अनुसार २९ जनामध्ये १५ जना ‘ग्रेडेड’ भएका छन्, जुन ५१.७२ प्रतिशत हो । विद्यालयबाट ३.३४ जिपिएसहित ४ जनाको जिपिए ३ भन्दा माथि आएको छ ।
धरान ८ स्थित सहिद स्मृति माविबाट परीक्षामा सहभागी १९ विद्यार्थीमध्ये ६ जना ‘ग्रेडेड’ भएका छन्, जुन ३१.५७ प्रतिशत हो । विद्यालयबाट सबैभन्दा बढी ३.४८ जिपिए ल्याइएको छ ।
धरान ८ स्थित ल्याबोरेटरी माविबाट १७ विद्यार्थीमध्ये ५ जना ‘ग्रेडेड’ भएका छन् । यो कुल विद्यार्थीको २९.४१ प्रतिशत हो । विद्यालयमा सबैभन्दा बढी ३.२ जिपिए आएको छ ।
धरान १५ स्थित शिक्षा सदन माविबाट १ सय ६० परीक्षार्थीमध्ये ३५ जना ‘ग्रेडेड’ भएका छन्, जुन २८.१२ प्रतिशत हो । विद्यालयबाट सबैभन्दा बढी ३.३४ जिपिए ल्याइएको छ ।
धरान ११ स्थित ज्ञानोदय माविबाट परीक्षामा सहभागी ३३ विद्यार्थीमध्ये ७ विद्यार्थी ‘ग्रेडेड’ भएका छन्, जुन २१.२१ प्रतिशत हो ।
धरान १६ स्थित चन्द्र संस्कृत माविका प्रधानाध्यापक चन्द्र कुमार राईका अनुसार परीक्षामा सहभागी १६ जनामध्ये ४ जना ‘ग्रेडेड’ भएका छन्, जुन २५ प्रतिशत हो । विद्यालयमा सबैभन्दा बढी ३.०४ जिपिए रहेको छ ।