विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी हेमन्त भण्डारीअनुसार घाइतेको संख्या १२ जना भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । संखुवासभाबाट विराटनगर जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकबाट पल्टिएको हो । दुर्घटनाको कारण तथा अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । तस्बिरः ईश्वर थापाको फेसबुक