श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ २८ गते सोमबार, १० जुन २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि १६ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुष्य २१ः५५ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसमेत सहज बनाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको विश्वास गर्दा धोका हुनसक्छ।सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । काम गर्ने अवसर प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्पादित कामबाट धनलाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अतिथिका रूपमा सत्कार पाइनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । अर्थअभावले सताउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। लामो दूरीको यात्रा होला ।