श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ११ गते शुक्रबार, २४ मे २०२४, कालयुक्त संवत्सर । जेठ कृष्णपक्षको प्रतिपदा तिथि १९ः४६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र अनुराधा १०ः२९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । आहारविहारमा ध्यान पुर्याउनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फजुल खर्चले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ । काम दोहोर्याउनुपर्ला । अरूका लागि बुद्धि खर्चनु पर्नेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अर्थअभाव  देखा पर्नेछ । भोगविलासका वस्तु जुटाउनु पर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवाद भए पनि प्रेम र मित्रताको बन्धन कसिनेछ।विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुहरू पनि किनारा लाग्नेछन् । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । सहपाठीहरू पछि पर्नेछन् ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । हतारका काममा ढिलासुस्ती हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइ लेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला । तापनि चिताएका काम सम्पादन गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम प्रारम्भ गर्ने समय छ । काममा सोचेजस्तै सफलता मिल्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।