श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ५ गते शनिबार, १८ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल  पक्षको दशमी तिथि ११ः३७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरफाल्गुनी भोलि ००ः३५ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थिति फेरिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनबाट राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

यात्रा गर्ने अवसर जुट्न सक्छ।नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ढिलासुस्तीले पनि काम रोकिन सक्छ । बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा सामान्य लाभ हुनेछ । काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । मिहिनेतको फल अरूले लिन खोज्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ काममा हात हाल्ने समय छ । व्यापारमा विशेष फाइदाको योग छ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

केही सङ्घर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । कामकाजमा केही समस्या भने आउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आशा देखाउनेहरूबाट सजग रहनुहोला । व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै आय आर्जन गर्ने समय छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान–सम्मान प्राप्त हुनेछ।