श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ३१ गते सोमबार, १३ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल पक्षको षष्ठी तिथि भोलि ०३ः०८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुनर्वशु ११ः४० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसरसमेत प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएको काम सम्पादन हुन सक्छ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने काम गर्न हौसला प्रदान गर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मालसामान हराउन सक्छ । काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्।