श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २४ गते सोमबार, ६ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण  पक्षको त्रयोदशी तिथि १४ः५६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र रेवती १७ः५६ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । अर्थ अभाव महसुस हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको राम्रै मूल्याङ्कन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । काम बनाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । काम गर्न केही समय प्रतीक्षा गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ।