श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १९ गते बुधबार, १ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण  पक्षको सप्तमी तिथि ०६ः११ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र श्रवण भोलि ०३ः३३ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। महŒवपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
असावधानीले स्वास्थ्य प्रतिकूल रहला । केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ । काम दोहो¥याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। मनोरञ्जनपूर्ण समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । तर, आतिथ्य खर्चिलो हुनेछ । काममा अलमल हुनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजा कमजोर देखापर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एक पटक बनिसकेको काम फेरि दोहो¥याउनु पर्ने हुनसक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।