श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत ११ गते आइतबार, २४ मार्च २०२४, पिङ्गलनाम संवत्सर। फाल्गुन  शुक्ल  पक्षको चतुर्दशी तिथि १०ः११ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वफाल्गुनी ०७ः४६ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः०२ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काम सम्पादन हुनेछ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। अरूको भरले मात्र काम नबन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।विभिन्न उपहार प्राप्त हुने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।