धनकुटाको सांगुरीगढी गाउँपालिका स्थित नाम्जे डाँडामा माघे संक्रान्ति मेलाका अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार साँझ सम्पन्न सांगीतिक कार्यक्रममा पूर्व क्षेत्रमा चर्चामा रहेकी गायिका जुनी खालिङ राईले आधा दर्जन गीत प्रस्तुत गरिन् । उनले आफ्नो गीत सिमसिम पानीमा, कुन्नी कोको आउन थाल्यो, साकेला, मारुनी लगायतका गीत प्रस्तुत गरेर दर्शक स्रोतालाई नचाईन् । उनको गीतमा स्थानीय दर्शक स्रोताले खुलेर नाच्दै गाउँदै साथ दिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले पनि गायन तथा नृत्य प्रस्तुत गरेका थिए । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक समितिका अध्यक्ष बालकृष्ण राई, वडा अध्यक्ष यामप्रकाश मगर लगायतको उपस्थिति रहेको थियो ।